AArya
RUMPUM
animated ellipse animated ellipse

चिकित्सक सेवा प्रवाह गर्दा संदवेदनशिल हुनुपर्छ –मन्त्री पोखरेल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ जेष्ठ २०७६, बिहीबार १५:५२
3
Shares

विराटनगर / राष्ट्रिय चिकित्सा ऐन २०७५ले चिकित्सा शिक्षा र सेवामा रहेको विकृति हटाउने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वताए ।

चिकित्सा शिक्षा आयोग , सानोठिमी भक्तपुरले आज विराटनगरमा आयोजित राष्ट्रिय चिकित्सा ऐन ,२०७५ अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दैै मन्त्री पोखरेलले ऐनले निजी चिकित्सा शिक्षाको विकृति अन्त्य गरी दुर्गम क्षेत्रमा शिक्षण स्थापनामा पूंजी लगानीमा प्रोत्साहन गरेको बताए ।

मन्त्री पोखरेलले ऐन आउनु भन्दा अगाडि मापदण्ड विना विदेशमा नेपाली विद्यार्थी चिकित्स शिक्षा अध्ययन जाने गरेको २० पल्टसम्म काउन्सिलले लिने परीक्षा अनुत्तीर्ण हुने गरेको जानकारी दिदै अहिले प्रवेश परीक्षा लिने प्रणाली शुरु भएपछि विगतमा १ हजार पाँच सयको संख्या घटेर चार सय पुगेका बताए ।
अहिले चिकित्सा क्षेत्रमा अनुसन्धान आवश्यक रहेको र ऐनले सेवा, पठनपाठन र अनुसन्धानलाई मुख्य रुपमा जोड दिएको चर्चा गर्दै मन्त्री पोखरेलले चिकित्सक सेवा मानवजीवनसंग गाँसिएको हुनाले सेवा प्रवाह गर्दा संदवेदनशिल हुनुपर्ने वताए ।

चिकित्सक क्षेत्रमा माग अनुसारको जनशक्ति उत्पादन हुनुपर्ने वताउदै मन्त्री पोखरेलले निजी क्षेत्रले उत्पादन गरेर मात्र हुदैन त्यसको व्यवस्थापन पनि आवश्यक भएको ऐनले यसमा प्रभावकारी भूमिका खेल्ने बताए ।

प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सरकारी अस्पतालमा चिकित्सकले तोकिएको समयसम्म कार्य नगर्न चिकित्सकको अनुगमन ऐनले अनुगमन गरी कारवाही गर्ने बताए ।
अन्य निजामती जस्तो चिकित्सा सेवा नभएकाले उनीहरुको वालवच्चाको शिक्षा, थप अध्ययन लगायतका कार्यमा सेवा सुविधा थप गर्नुपर्नेमा मन्त्री घिमिरेले जोड दिए ।

जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले चिकित्सा क्षेत्रमा देखिएका समस्या , विकृतिलाई ऐनले मर्यादित वनाउन सहयोग पुग्ने बताए ।
एक दिने गोष्ठीमा मोरङ, सुनसरी, झापा जिल्ला अन्तर्गत रहेका चिकित्सा अध्ययन संस्था, विभिन्न निजी तथा सरकारी अस्पताल, शिक्षण संस्थाका प्रमुख र प्रतिनिधिले ऐनको सफल कार्यान्वयनमा गर्नुपर्ने सुधार आदिका विषयमा सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर