CLASSICTECH NET

१ सय ५० ले लिए निशुल्क पाठेघरको जाँच

खबर पूर्वाञ्चल, १८ जेष्ठ २०७६, शनिबार २१:२८

विराटनगर / सामाजिक क्षेत्रमा कार्य गर्दे आएको जीयर शैक्षिक संस्था विकास, तरंगिणी शाखा मोरङले विराटनगरमा निःशुल्क पाठेघर परिक्षण गरेको छ ।

जियर शैक्षिक संस्थाले विराटनगर महानगर स्थित वडा नं. ४ मा महिलाहरुलाई लक्षित गरी आज स्वास्थ्य शिविरको आयोजना गरेको हो । स्वास्थ्य शिविरमा १ सय ५० जना महिलाहरुले निःशुल्क पाठेघरको परिक्षण गराएका छन् । विराटनगर महानगरकी उपमेयर इन्दिरा कार्कीले आफ्नो स्वास्थ्यका बारेमा आफै सचेत रहन आवश्यक भएको भन्दै पाठेघर परिक्षण आफुबाटै शुरु गरेकी थिइन् । धार्मिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल जियर शैक्षिक संस्थाले भारत र नेपालका विभिन्न भागमा काम गर्दे आएको छ ।

क्रोलोस्कोपी मेसिनद्धारा महिलाहरुको पाठेघरको परिक्षण गरिएको थियो । विराटनगरका विभिन्न अस्पतालका डाक्टर र स्टाफनर्सहरुले सेवा प्रदान गरेका थिए । पाठेघरको समस्या विराटनगरमा बढी देखिन थालेकाले महिलाहरुलाई लक्षित गरी शिविर सञ्चालन गरिएको संस्थाका अध्यक्ष युवराज धितालले जानकारी दिए ।

कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले विराटनगर महानगरको सहयोगमा १९ वटै वार्डमा यसखाले सेवा दिन महानगर लागेको बताए । जियर शैक्षिक संस्था विकास, तरंगिणी शाखा विराटनगरको समन्वयमा विगत १ बर्षदेखि आफ्नै पहलमा उत्कृष्ठ सेवा प्रवाह भइरहेको भन्दै खुशी ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५