पूर्वाञ्चल खबर
विराटनगर / इंग्ल्याण्ड र वेल्समा जारी विश्वकप क्रिकेट प्रतियोगिताको तस्रो खेलमा श्रीलंकाले न्यूजील्याण्डलाई १ सय ३७ रनको लक्ष्य दिएको छ ।
इंग्ल्यान्डको कार्डिफस्थित सोफिया गार्डेन्समामा टस हारेर ब्याटिङ गरेको श्रीलंकाले २९ दशमलव २ बलमा सवै विकेट गुमाई १ सय ३६ रन बनाएपछी न्यूजील्याण्डले १ सय ३७ रनको लक्ष्य पाएको हो । श्रीलंकाका ओपिङमा आएका कप्तान दिमुथ करुणारत्नेले अविजित ५२ रन बनाए भने कुशल परेराले २९ रन बनाउँदा थिसारा परेराले २७ रनको योगदान दिए ।
श्रीलंकालाई उसलाई सस्तैमा समेट्ने क्रममा म्याट हेनरी र लोकी फर्गुसनले समान ३–३ विकेट लिए ।