RUMPUM
animated ellipse animated ellipse

नेपालको राष्ट्रिय क्रिकेट प्रशिक्षकमा भारतका पटवाल नियुक्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ जेष्ठ २०७६, शुक्रबार १९:२७
9
Shares
विराटनगर / नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक उमेश पटवाल नियुक्त भएका छन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मार्फत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पटवाललाई नियुक्त गरेको हो ।

पछिल्लो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकका रुपमा जगत टमाटा रहँदै आएका थिए। आइसीसीको पहलमा पटवाल नेपालको प्रशिक्षक नियुक्त भएका हुन् । स्रोतका अनुसार पटवालले मासिक ७ हजार डलर पारिश्रमिक पाउनेछन् । यो रकम आईसीसीले दिनेछ ।

यसअघि नेपाली टोलीको ब्याटिङ कन्सल्टेन्टका रुपमा काम गरिसकेका पटवालले राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी पाएका हुन् । भारतको मुम्बईका ४६ वर्षका पटवाल गएको माघमा नेपाली क्रिकेट टिमले युएईमा एकदिवसीय र टी–२० सिरिज खेल्दा ब्याटिङ कन्सल्ट्यान्टका रुपमा रहेका थिए ।

यसअघि सन् २०१० मा अफगानिस्तान टिमको ब्याटिङ सहयोगी रहेका पटवाल २०१४ को एसिया कप, टी–२० विश्वकप र २०१५ को विश्वकपमा ब्याटिङ प्रशिक्षक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर