RUMPUM
animated ellipse animated ellipse

न्यूरो हस्पिटलका न्यूरो सर्जन रोकाको कविता संग्रह विमोचन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ जेष्ठ २०७६, शुक्रबार १५:२१
3
Shares
विराटनगर / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलको बरिष्ठ न्यूरो सर्जन डा. यमबहादुर रोकाले आफ्नो पहिलो पटक वान हन्ड्रेड एट पोयम्स नामक कविता संग्रह पाठक माझ ल्याएको छ ।

काठमाण्डौंको थापागाउँमा रहेको कुञ्ज थिएटरमा कविकी तथा न्यूरो हस्पिटलको वरिष्ठ न्यूरो सर्जनकी आमा नेत्रकुमारी रोकाले उक्त कविता संग्रह विमोचन गरिन् । सो कविता संग्रहलाई विमोचन गर्दै आमा नेत्रकुमारी रोकाले आफूलाई छोराका कविता साह्रै मन पर्ने गरेको कार्यक्रममा बताइन् ।

कवि रोकाको यो अंग्रेजी कविताहरूको सँगालो हो । संग्रहमा १०८ वटा कविता रहेको कुञ्ज थिएटरका अध्यक्ष कमल ढकालले बताए । अध्यक्ष ढकालले डा.साब जति राम्रो सर्जन हुनुहुन्छ । उहाँका कविता पनि त्यत्तिकै प्रभावशाली रहेको बताए ।

न्यूरो सम्बन्धी जटिल रोगहरुको सफल सर्जनको रुपमा स्थापित डाक्टरले १०८ वटा कविता कसरी र कति खेर लेख्नुभएको ? पत्रकारको प्रश्नमा कवि रोकाले आफूले अहोरात सेवग्राहीलाई सेवा प्रदान गरि सकेपछि , खाना खाएर समय बचेको बेला कविता सिर्जना गर्दै आएको अनुभव सुनाए । उनले कविता संग्रहको बिक्रीबाट उठेको रकम बागलुङको स्कूलका विद्यार्र्थीहरूको पठनपाठनमा सहयोग गर्ने बताए । उनले छिटै आफ्नो दोस्रो कवितासंग्रह पनि ल्याउने प्रतिबद्धता जाहिर गरे ।

आफूलाई शल्यक्रिया सफल गरेर बिरामीलाई ठीक बनाई घर पठाउँदा जति आनन्द लाग्छ, कविता सिर्जना गर्दा पनि अर्को प्रकारको आनन्द मिल्ने गरेको बताए ।
कविता लेखन आफ्नो सोख भएको उनले बताए । यो कविता संग्रहलाई पिस बुक प्रालिले छापेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर