RUMPUM
animated ellipse animated ellipse

योजना तर्जुमा तथा छनौट कार्यक्रम सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ जेष्ठ २०७६, शुक्रबार १५:०१
3
Shares
विराटनगर / विराटनगर महानगर स्थित वार्ड नं ३ हरेक कार्यक्रममा अग्रणी रहेको छ ।

वार्ड नं ३ले प्लास्टिक झोलामुक्त बनाउने अभियानदेखि जेष्ठ नागरिकको सम्मान साथै सामाजिक र विकासका क्षेत्रमा समेत उल्लेख काम गरिरहेको वार्डले आगामी बर्षको योजना तर्जुमा तथा छनौट कार्यक्रम समेत आज सम्पन्न गरेको छ । सो अवसरमा वडाध्यक्ष विनोद बस्नेतले निर्वाचित भए यता गरेका कामको फेहरिस्त सुनाएका थिए । स्थानीयसँग आगामी विकासका कार्यक्रम कस्तो बनाउने भन्ने विषयमा परामर्श गरिएको थियो ।

कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले महानगरको विकाशनै मूल लक्ष्य रहेको बताए । जनअपेक्षा अनुरूप किाशका कार्यक्रम तय गर्न आवश्यक रहेको औल्याए । उपमेयर ईन्दिरा कार्की ,प्रमुख प्रशासकिय अधिकृत एकदेब अधिकारीलगायतले बोलेका थिए ।

कार्यक्रममा जेष्ठ नागरिक मनमाया घिमिरे ,धनपती दाहाललाई सम्मान गरिएको थियो भने समयमै काम सम्पन्न गर्ने टोलसंगठनका तीनवटा अध्यक्षहरूलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर