AArya
RUMPUM
animated ellipse animated ellipse

सेन्ट जोसेफ स्कूललाई ‘वेस्ट स्कूल अफ द इयर २०१९’ को अवार्ड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ जेष्ठ २०७६, बिहीबार १८:३२
3
Shares

विराटनगर / विराटनगर– २ मा सञ्चालित सेन्ट जोसेफ इङलिस स्कूलले अन्तराष्ट्रिय अवार्ड पाएको छ ।

भारतको पञ्जाबमा सम्पन्न इन्टरनेशनल स्कूल अवार्ड ग्लोबले सेन्ट जोसेफलाई इन्फास्टक्चर तर्फ वेष्ट स्कूल अफ द इयर २०१९ अवार्ड पाएको हो ।

विश्वका ५१ देशहरुबाट सहभागि ९ हजार ६ सय ७३ स्कूललाई पछाडी पार्दै सेन्टजोसेफले सो अवार्ड हात पारेको स्कूलका निर्देशक रोहितजंग थपलियाले जानकारी दिए । नोमिनेसनमा परेको मध्ये बाट सुविधा सम्पन्न भौतिक पूर्वाधारको साथै प्रविधिको माध्यमाबाट हुने सिकाई पद्धतिहरू उत्कृष्ट भएको भन्दै सेन्ट जोसेफ स्कूलले ‘वेस्ट स्कूल अफ द इयर’ अवार्ड प्राप्त गरेको स्कूलका निर्देशक थपलियाले जानकारी दिए ।

‘अन्तराष्ट्रिय भरीका उत्कृष्ट विद्यालयहरू नोमिनेसनमा परेका थिए,’ स्कूलका निर्देशक थपलियाले भने, ‘नेपालबाट हाम्रो स्कूलसहित अन्य दुई विद्यालयले विभिन्न विधामा एवार्ड जित्न सफल भयो ।’ प्रदेश १ बाट सो एवार्ड प्राप्त गर्ने सेन्ट जोफेस स्कूल मात्र रहेको बताइएको छ ।

इन्टरनेशनल स्कूल अवार्ड गोलोबलले वितरण गरेको यो एवार्ड तेस्रो संस्करणको हो । आगामी वर्ष नेपालमा उक्त एवार्ड वितरण गर्न आयोजकले इच्छुक देखाएको बताइएको छ । सो अवार्ड प्राप्त गर्ने सेन्ट जोसेफ स्कूल २०३४ सालमा स्थापना भएको हो । नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुँदै आएको निर्देशक थपलियाले बताए । उनका अनुसार प्लस टुमा विज्ञान, होटल म्यानिजमेन्ट, व्यवस्थापन संकायलगायतको अध्यापन हुँदै आएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर