पूर्वाञ्चल खबर
विराटनगर / उच्च माध्यामिक विद्यालय शिक्षक यूनियन नेपाल(हिस्टुन)को प्रथम प्रादेशिक अधिवेशन हुने भएको छ ।
आज विराटनगरमा हिस्टुनले पत्रकार सम्मेलन गरि शुक्रबार र शनिबार प्रदेश १ को प्रथम प्रादेशि अधिवेशन विराटनगरमा हुने जनाएको छ ।
अधिवेशनमा प्रदेश १ का १४ जिल्लामा रहेको प्लस २ मा अध्यापन गराउँने ३ सय शिक्षक सहभागि हुने हिस्टुन प्रदेश १ सम्योजक साजेश बस्नेतले बताए । संम्योक बस्नेतले शिक्षक सेवा ओयोगलाई संवैधानिक अंगको रुपमा स्थापित गर्नु पर्ने, शिक्षक विमाको अनिवार्य व्यवस्था गरिनु पर्नेलगायतका माग रहेको बताए । अधिवेशनको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने जनाएका छन् ।
उनीहरुले विभिन्न २० बुँदे माग राखि आन्दोलनको तयारीसमेत भइरहेको जनाएका छन् ।