पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर १२ मा रहेको विनायक बोर्डिङ सेकण्डरी स्कूलले प्रत्यक्ष निर्वाचनबाट स्कूल क्याप्टेन, स्कुल भाइस क्याप्टेनलगायत विभिन्न हाउसका क्याप्टेन र भाइस क्याप्टेन चयन गरेको छ ।
स्कूल क्याप्टेनमा छात्रतर्फ सरोजकुमार मण्डल , छात्रातर्फ प्रतिभा गिरी स्कूल भाइस क्याप्टेनमा अंकुश सेढाइ, समिरराज गुरुङ्ग, कृती कटुवाल निशा यादव तथा हाउस क्याप्टेनमा कृपा शर्मा, आशिका कुमारी, कृपा श्रेष्ठ, रिशभ थापा, सरमिष्टा अर्याल ‘निर्वाचित भएका छन् ।
त्यस्तै हाउस भाइस क्यापटेनमा रश्मिता तामाङ्ग , गौतम यादव, संध्या राय, कृष्ण गिरी, अनिस मगर ‘निर्वाचित भएका छन् । निर्वाचित विद्यार्थीहरुलाई विद्यालयका प्रिन्सिपल कमलेश ठाकुरले पद तथा गोपनियताको सपथ गराए । निर्वाचित विद्यार्थीहरुलाई विद्यालयका संस्थापक प्रिन्सिपल मिथिलेश ठाकुरले ब्याच तथा अबीरलगार्ई शुभकामना व्यक्त गरियो । निर्वाचन पिन्टु यादवको संयोजक्त्वमा सम्पन्न भएको थियो ।