RUMPUM
animated ellipse animated ellipse

१७ किलो चरेससहित दुई पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ जेष्ठ २०७६, बुधबार १६:०५
3
Shares
झापा / झापाको मेचीनगर नगरपालिका ८ टोकला बगानस्थित रमाईलो बस्तीबाट प्रहरीले १७ किलो प्रतिबन्धित लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

लागूऔषध सहित सोही नगरपालिका बस्ने संजय दर्जी र मनोज दर्जीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । संजय दर्जीको घरमा चरेस लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दर्जीको घरमा खानतलासी गर्ने क्रममा उक्त परिमाणको लागूऔषध बरामद गरेको हो ।

बरामद लागूऔषधसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर