CLASSICTECH NET

कश्यप गोत्रिय अधिकारी वंश प्रतिष्ठानद्धारा ९ जना सम्मानित

खबर पूर्वाञ्चल, ५ जेष्ठ २०७६, आईतवार २०:०९

उर्लावारी / कश्यप गोत्रिय अधिकारी वंश प्रतिष्ठान केन्द्रीय समिति उर्लावारीले आधा दर्जन बढीलाई सम्मानित गरेको छ ।

कुल पुजा गोठधुपको अवसरमा आज आयोजित तेश्रो बार्षिक साधारणसभामा ९ जना व्यक्तित्वहरुलाई सम्मानित गरिएको हो । प्रतिष्ठानको भवन निर्माणमा १ लाख बढी सहयोग गर्ने ललित अधिकारी र लक्ष्मी अधिकारीलाई विशेष सम्मान गरिएको छ । जग्गादाताहरु कोषराज अधिकारी, विमला अधिकारी, अर्जुन अधिकारी र शोभा अधिकारी र नगद सहयोग गर्ने शान्तिराम अधिकारी, लक्ष्मीप्रसाद अधिकारी र भीमप्रसाद अधिकारीलाई पनि सम्मानित गरिएको प्रतिष्ठानका सचिव खगेन्द्र अधिकारीले जानकारी दिए ।

कार्यक्रममा विशेष सम्मानबाट सम्मानित ललित अधिकारीले प्रतिष्ठानले आर्थिक संकटका कारण घोषित कार्यक्रमहरु पुरा गर्न नसकेकाले सवैलाई सहयोग गर्न आग्रह गरिन् । साधारणसभामा कोषाध्यक्ष जयप्रसाद अधिकारीले करिव ८ लाख वरावरको आयव्यय प्रस्तुत गरे ।

उर्लावारी ४ मा कश्यप गोत्रिय अधिकारी वंश प्रतिष्ठानको केन्द्रीय समितिको तीन कोठे भवन अहिले निर्माणाधिन छ । भवन निर्माणस्थलमा गोठधुपको पनि आयोजना गरिएको थियो । कार्यक्रममा तीनसय वढी कश्यप गोत्रिय अधिकारीहरुको सहभागिता रहेको अध्यक्ष गोविन्द अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५