AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सुचिकृत हुन छुटेका आदिवासीलाई सुचिकृत गर्ने– मन्त्री पण्डित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ जेष्ठ २०७६, शनिबार १८:३०
3
Shares
विराटनगर/ सुचिकृत हुन छुटेका आदिवासी समुदायलाई दर्ता गर्न सहयोग गर्ने सङघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालवावु पण्डितले बताए ।

‘पहिचान सहितको सम्मान राष्ट्रिता, समृद्ध र स्वाभिमान’ नाराका साथ राष्ट्रिय आदिवासी जनजाति महासंघले आज विराटनगरमा आयोजित प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन गदैै मन्त्री पण्डितले सो कुरा बताएका हुन् ।

आफ्नो जातिपनि सुचिकृत हुन छुट भएको जानकारी दिदै थप ४४ आदिवासी जातिलाई सहयोग गर्ने मन्त्री पण्डितले बताए । संविधानले दिएको जातजातिलाई दिएको अधिकारमा कुनै कटौति नहुने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री पण्डितले वर्तमान संविधानले आदिवासी , सीमान्कृत जातिको भेषभूष, भाषा तथा संस्कृति संरक्षण गरेको समेत वताए ।

मन्त्री पण्डितले आफ्नो मांग शान्तिपूर्ण ढगले राखेमा सम्वोधन हुने चर्चा गर्दै भेलागरी ठोस रुपमा सुझाव दिन महासंघलाई आग्रह गरे ।

  
  एक दिने उक्त अधिवेशनमा मोरङ, सुनसरी , झापा, वारा, कैलाली, कञ्चनपुर, कास्की, रुपन्देही, काठमाडौ, धनकुटा, खोटाङ, भोजपुर, संखुवासभा, धनुषा र महोत्तरीमा वसोवास गर्ने आदिवासी समुदयको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर