पूर्वाञ्चल खबर
विराटनगर / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले विभिन्न कार्यक्रम गरि अन्तराष्ट्रिय नर्सिङ दिवस—२०१९ मनाएको छ । हस्पिटलले विराटनगर वडा नम्बर ८ स्थीत विराटेश्वर वृद्धाश्रमका वुवा—आमाहरुको निःशूल्क स्वास्थ्य परिक्षण गरेको छ ।
वृद्धाश्रमका ५० जना जेष्ठ नागरिकहरुलाई न्यूरो हस्पिटलका डा. साहिल अंसारी , डा. राकेश साह तथा नर्सहरुले स्वास्थ्य परिक्षण गरेका थिए ।
आश्रममा आश्रित जेष्ठ नागरीकहरुको स्वास्थ्य परिक्षण गरेसंगै आवश्यक ओषधीहरु समेत वितरण गरिएको हस्पिटलका मेट्रोन सगुन थापाले बताए । यता , विराटेश्वर बृद्धाश्रमकी कोषाध्यक्ष उमा रग्मीले न्यूरो हस्पिटलले यस अघि पनि धेरै पटक निःशुल्क स्वास्थ्य परिक्षण गर्दै आएकाले हस्पिटल प्रति धन्यवाद व्यक्त गरीन् ।
यस्तै अन्तराष्ट्रिय नर्सिङ दिवस—२०१९ को अवसरमा हस्पिटलले आन्तरिक हाजरीजवााफ प्रतियोगिता तथा निवन्ध प्रतियोगिता गराएका थिए । सो हाजरीजवाफ प्रतियोगितामा विजेता नर्स अनु दहाल , अंजना सुब्बा , रितिका मास्के र एच.ए. जय मेहतालाई न्यूरो हस्पिटलका बरिष्ठ अर्थोपेडिक सर्जन नविन कर्णले पुरस्कृत गरे ।
यस्तै निवन्ध प्रतियोगितामा उत्कृष्ट दुई जना अनु दाहाल र स्वेता चिल्वाललाई हस्पिटलका हस्पिटल डाइरेक्टर रंजित राज बस्नेतले पुरस्कृत गर्नुभयो । यस्तै सो कार्यक्रममा हस्पिटलका संस्थापक एवम वरिष्ठ न्यूरोलोजिस्ट डा विरेन्द्रकुमार बिष्ट ,वरिष्ठ अर्थोपेडिक सर्जन डा.नविनकुमार कर्णलगायतको उपस्थिति रहेको थियो ।