CLASSICTECH NET

प्रदेश १ को क्रिकेट खेलाडी छनौट प्रक्रिया विवादमा

खबर पूर्वाञ्चल, २७ बैशाख २०७६, शुक्रबार १६:५७

विराटनगर / जेठ १ गतेदेखि काठमाण्र्डौंमा हुने प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगिताकालागी प्रदेश १ को खेलाडी छनौट प्रक्रिया विवादमा आएको छ ।

खेलाडी छनौट प्रक्रियामा नाताबात हावी रहेको भन्दै नेपालका पूर्व अन्तराष्ट्रिय खेलाडी राजकुमार प्रधानको नेतृत्वमा मोरङका खेलाडीहरुले आपत्ति जनाएका छन् ।
छनौट प्रकृया नै पुरा नगरी खेलाडी बन्द प्रशिक्षको लागी छनौट गरेको भन्दै उनीहरुले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरि मोरङ उदयमान खेलाडीहरुलाई अन्यायमा परेको बताएका छन् ।

क्षेत्रीय खेलकुद विकास समितिलाई दिएको कारणले छनौट खेल नखेलाई नाताबादको आधारमा खेलाडी छनौट गरेको क्रिकेट प्रेमि नारायण स्वर्णकारले बताए ।

प्रदेश १ का प्रशिक्षक प्रदिपराज पाण्डेले छनौट खेलनै नखेलाई आप्mना क्लबका खेलाडीलाई बन्द प्रशिक्षकोलागी सिधै छनौट गरिएको पूर्व अन्तराष्ट्रिय खेलाडी राजकुमार प्रधानले बताए । पाण्डे क्षेत्रीय खेलकुद विकास समिति प्रदेश १ विराटनगरका प्रशिक्षक हुन् । पूर्व अन्तराष्ट्रिय खेलाडी प्रधानले प्रशिक्षक पाण्डेले व्यक्तिगत रुपमा मोरङका खेलाडी बोलाएर बन्द प्रशिक्षणमा लगेको बताए । उनले खेलाडीको भबिष्यमाथिनै खेलवाड गर्नेकाम बन्द गर्नु पर्ने बताए । अहिलेको प्रक्रिायालाई तत्काल सच्याएर जानुपर्ने प्रधानले औल्याए ।

नताबादको आधारमा खेलाडी छनौट गर्दा नयाँ प्रतिभान खेलाडीहरुलाई असर पर्ने राष्ट्रिय खेलाडी काली चरण यादवले बताए । किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जेष्ठ १ देखि २४ गतेसम्म हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगीतालागी मोरङमा छनौट प्रतियोगीता नगराई सिधै खेलाडी छान्ने काम भएको आरोप उनीहरुले लागाएका हुन् ।

प्रदेश १ का प्रशिक्षक प्रदिपराज पाण्डेले छनौट खेलनै नखेलाई आफ्ना क्लबका खेलाडीलाई बन्द प्रशिक्षकोलागी सिधै छनौट गरिएको पूर्व अन्तराष्ट्रिय खेलाडी राजकुमार प्रधानले बताए । पाण्डे क्षेत्रीय खेलकुद विकास समिति प्रदेश १ विराटनगरका प्रशिक्षक हुन् । पूर्व अन्तराष्ट्रिय खेलाडी प्रधानले प्रशिक्षक पाण्डेले व्यक्तिगत रुपमा मोरङका खेलाडी बोलाएर बन्द प्रशिक्षणमा लगेको आरोप लगाए । उनले खेलाडीको भबिष्यमाथिनै खेलवाड गर्ने काम बन्द गर्नु पर्ने समेत बताए । अहिलेको प्रक्रिायालाई तत्काल सच्याएर जानु पर्ने प्रधानले औल्याए ।

नताबादको आधारमा खेलाडी छनौट गर्दा नयाँ प्रतिभान खेलाडीहरुलाई असर पर्ने राष्ट्रिय खेलाडी कालीचरण यादवले बताए । किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जेष्ठ १ देखि २४ गतेसम्म हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगीतालागी मोरङमा छनौट प्रतियोगीता नगराई सिधै खेलाडी छान्ने काम भएको आरोप उनीहरुले लागाएका हुन् ।

क्षेत्रीय खेलकुद विकास समिति प्रदेश १ का क्रिकेट प्रशिक्षक पाण्डेले खेलाडीलाई व्यक्तिगत रुपमा मेसेज पठाएर बोलाएको जिल्ला क्रिकेट संघका सदस्य अजय राजवैशीले बताए । राष्ट्रिय खेलकुद परिषदले चिठ्ठि पठाएर खेलाडी छनौट गराउनु पर्ने भए पनि त्यसो नगरेको उनले आरोप लागाए । क्षेत्रीय खेलकुद परिषद विराटनगरले बन्द प्रशिक्षणको जिम्मा पाण्डेलाई दिएको छ ।

यस विषयमा प्रशिक्षक पाण्डेले आफु कर्मचारी भएकोले खेलकुद विकास समितिको टाउँकोमा सवै दोस लगाउँदै आफु पन्छिएका छन् । उनले खेलकुद विकास समितिले भनेको गर्नु आफ्नो दायीत्व भएको बताए । उनले आफ्नो भारी खेलकुद विकास समितिमा पन्छाएर चोखिने प्रयास समेत गरे । यता क्षेत्रीय खेलकुद विकास समिति प्रदेश १ का अध्यक्ष रविन नगरकोटीले राष्ट्रिय खेलकुद परिषदले कुनै पत्र नपठाएकोले आफुलाई यस विषमा कुनै जानकारी नभएको भन्दै पन्छिए ।

खेलाडीहरुको बन्द प्रशिक्षण दुइ दिन देखि सुनसरीको इनरुवामा भइरहेको छ । प्रदेश १ बाट बन्द प्रशिक्षणमा २६ खेलाडीमध्ये मोरङबाटमात्र ११ खेलाडी रहेका छन् ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५