सहकारी क्षेत्रको सहयोग बिना स्थानियतहको विकास र प्रवद्र्धन असम्भव

खबर पूर्वाञ्चल, २६ बैशाख २०७६, बिहीबार १७:३७

विराटनगर / स्थानिय तहको बिकासका लागि सहकारी संघ ÷संस्थाको महत्वपूर्ण भूमिका रहने कुरा आज आयोजित एक कार्यक्रममा बताइयो ।

राष्ट्रिय सहकारी महासंघ, नेपालको आयोजना तथा जिल्ला सहकारी संघ लि. मोरङ्गको संयोजनमा विराटनगरमा आयोजित कार्यक्रमका वक्ताहरुले सो कुरा बताएका हुन् ।

“सहकारी क्षेत्रको प्रवद्र्धनमा स्थानियतहसंग सहकार्य र समन्वय” विषयक १ दिवसिय अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एवम् पूर्व मन्त्री केशव बडालले सहकारी क्षेत्रको सहयोग बिना स्थानियतहको विकास र प्रवद्र्धन असम्भव हुने कुरा बताए । उनले मुलुकका हरेक पालिकामा सहकारीको ठूलो संजाल रहेको र त्यसमा हजारौ ब्याक्तिहरु आवद्ध भएका कारण स्थानिय तह र सहकारी संग – संगै हिडे मात्र सम्बृद्धि प्राप्त हुन सक्ने बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका संचालक रमेशप्रसाद पोखरेलले स्थानिय सरकार सहकारी मैत्री बन्नु पर्ने कुरामा जोड दिए । उनले सहकारी क्षेत्रको प्रवद्र्धन र बिकासमा सहयोग गर्नु भनेको जनप्रतिनिधिले आफ्नै मतदाताको सहयोग गरेको हुने कुरा चर्चा गर्दै सुखी नेपाली र सम्वृद्ध नेपालका नारालाई सफल पार्न स्थानिय सरकार र सहकारी क्षेत्र हातेमालो गर्दै अगाडी बढ््ने बताए ।

जिल्ला सहकारी संघ लि. मोरङ्गका अध्यक्ष डिल्ली पोखरेलको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लि. की संचालक अमृता सुब्बा, जिल्ला सहकारी संघ लि. मोरङ्गका सचिव विरेन्द्र यादव, सहसचिव देवेन्द्र पौडेललगायतले बालेका थिए । कार्यक्रममा मोरङ्गको १४ पालिकाका करिव १ सय जना जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५