RUMPUM
animated ellipse animated ellipse

कोवासमा कक्षा १२ को विद्यार्थीलाई विदाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ बैशाख २०७६, बिहीबार १७:२७
3
Shares
विराटनगर / विराटनगर – १० मा रहेको कोबास कलेजले कक्षा १२ का विद्यार्थीहरुलाई विहीबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।

कलेजमा अध्यनरत विज्ञान तथा व्यवस्थाप संकायका २४ औं ब्याचका ५ सय ५१ जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी कलेजले बिदाई गरेको हो ।

कार्यक्रममा कलेजको लिएको आन्तरीक, हिसानले लिएको परीक्षामा उत्कृट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । सोही कार्यक्रममा मावि शिक्षा परिषदले दिएको परीक्षमा विज्ञान संकाय कक्षा–११ म छात्रातर्फ प्रदेश १ प्रथम हासील गर्ने निशा राजवंशीलाई ९६ हजार ६ सय र व्यवस्थापन संकाय कलेज प्रथम हुने ललीतकुमार साहलाई ३७ हजार ६ सय नगदसहित पुरस्कृत गरिएको छ ।

कार्यक्रममा कलेजका प्याव्सन विराटनगरका अध्यक्ष इन्द्र राई कलेजका प्रिन्सिपल सुनीलकुमार श्रेष्ठ, सस्थापक डा. प्रा.डा. रमेश अधिकारी र समुन कालीकोटे र शिक्षक प्रा.डा.घनश्याम श्रीवास्तवलगायतले शुभकामना दिएर विदाई गरेको थिए । कलेज व्यवस्थापन समितीका अध्यक्ष अजयकुमार दासको सभापतित्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर