RUMPUM
animated ellipse animated ellipse

विराट चौक भेट्रान क्वाटरफाइनलमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ बैशाख २०७६, बुधबार १८:५७
3
Shares

केशव न्यौपाने
रंगेली । मोरङको सुनबर्षी २ अमरदहमा जारि तेस्रो अमरदह ढल्के जोबन गोल्ड कप फुटबल खेल आज भएको खेलमा झापाको सिमिसि चन्द्रगढी भेट्रानलाई ४ – ० ले पराजित गर्दै विराट चौक भेट्रान क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अमरदह ढल्के जोवन यूवा क्लबको आयोजनामा अमरदहको विरेन्द्र सार्वजाक मावि को खेलमैदान भएको खेलमा विराट चौक लागि टेकबहादुर लिम्बूले २ गोल र प्रेम लिम्बु ,खगेन्द्र खडकाले १(१ गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच विराट चौक भेट्रान टेकबहादुर लिम्बू घोषित भए ।

प्रतियोगिता अन्तरगत बिहीबारको खेल लेटाङ मोरङ र विभागिय टोली सशस्त्र प्रहरी बल पकली सुनसरी बिच हुने आयोजक समितीका सोभित रायमाझीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर