सरकारलाई मार्ग निर्देशन गर्ने मुख्य माध्यम पत्रकारिता नै हो– मुख्यमन्त्री राई

खबर पूर्वाञ्चल, २४ बैशाख २०७६, मंगलवार २०:२२

विराटनगर/ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारिताको माध्यमबाट सरकार खबरदारी गरिरहनु पर्ने बताए ।

मुख्यमन्त्री राईले विराटनगरमा आज आन्तरिक मामिला तथा कानून मन्त्रालय आयोजित प्रदेशिक पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री राईले इमान, नैतिक, निष्ठा र त्यागबाटै समृद्धि प्राप्त हुने बताउँदै सरकारलाई मार्ग निर्देशन गर्ने मुख्य माध्यम पत्रकारिता नै रहेको बताए । उनले प्रदेश १ लाई समृद्ध बनाउने आधार तयार भईसकेको दावी गर्दै आगामी बजेटबाट विकासमा फड्को मार्ने बताए ।

प्रदेशसभाबाट सर्वसम्मतिले राजधानी घोषणा गर्न सफल भएको प्रदेश १ लाई विकासमा नमूना प्रदेश बनाउँने सन्देश दिन सबै राजनीतिक दलबीचको एकता कायम राख्ने मुख्यमन्त्री राईले बताए ।

मुख्यमन्त्री राईले प्रदेश सरकार पत्रकारलाई लिएर आगाडि वढी प्रदेशको नीति तथा कार्यक्रम वनाउने जानकारी दिदै सरकारले प्रेस मैत्री नीति लिएकोले स्वस्थ्य आलोचनाको लागि आग्रह समेत गरे । उनले प्रदेशको स्थायी राजधानी तोक्ने कार्यमा प्रदेश सभालाई विभाजित गर्न खोजिएको वताउँदै प्रदेश सभामा प्रतिनिधित्व गर्ने सवैदलको सहमतीमा सर्वसम्मत निर्णयवाट राजधानी कायम गर्न सकिएकोमा खुशी व्यक्त गरे ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले पत्रकारिता र सञ्चारमाध्यमको संरक्षण राज्यले गर्नुपर्ने भएपनि संरक्षण गरे वापत कमजोरी लुकाउनुपर्ने शर्त पत्रकारले अस्वीकार गर्नुपर्ने बताए । उनले तथ्यपरक समाचार सामाग्री पस्कनुपर्ने दायित्वलाई सञ्चार माध्यम र आवद्ध पत्रकारले भुल्न नहुने बताए ।

मन्त्री हिक्मत कार्कीले प्रदेश सरकार पत्रकारिता जगतको विकासका लागि तयार रहेको बताउँदै आगामी नीति तथा कार्यक्रममा पत्रकारिता क्षेत्रको विकासका लागि समाबेश गर्नुपर्ने विषय सुझावका रुपमा दिन कार्यदललाई आग्रह समेत गरे ।

मन्त्री हिक्मत कार्कीले मृगौला रोगवाट सिकिस्त विरामी भएका रासस सुनसरी इटहरी समाचारदाता याम प्रधानलाई आवश्यक उपचारका लागि सहयोग गर्ने वताए ।

यसरी पुरस्कृत हुनमा अग्रज पत्रकारहरु ब्लाष्ट टाइम दैनिक धरानका प्रधान सम्पादक राजकुमार काकी, कान्तिपुरका धरान संवाददाता हर्ष सुब्बा, झापाका स्वतन्त्र पत्रकार नकुल काजी र कञ्चनजंघा एफएम झापाका प्रबन्धक चन्द्र भण्डारीलाई सम्मान गरिएको हो । उनीहरुलाई प्रदेश एकका मुख्यमन्त्री शेरधन राइले जनही एक लाख र सम्मान पत्रले सम्मान गरे । प्रर्व क्षेत्रमा रहे्र निरन्तर ३५ वर्ष भन्दा बढी पत्रकारीता क्षेत्रमा सक्रिय रुपमा कलम चलाइरहेकोले पुरस्कृत गरिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रत्येक वर्ष वितरण गर्ने गरि कार्यविधि बनाएर पुरस्कार प्रदान गरिएको जनाएको छ । मन्त्रालयले प्रदेशको संचारबारे अध्ययन गर्न आमसंचार अध्ययन कार्यदल बनाएर काम गरिरहेको जनाएको छ । आगामी बर्षदेखि दुई जनाका दरले सम्मान गर्ने बताउदै कार्यदलका संयोजक यज्ञ शर्माले प्रदेश सरकार स्थापना भएको दुई बर्ष भएकोले यस पटक चार जनालाई सम्मान गरीएको बताए ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५