RUMPUM
animated ellipse animated ellipse

प्रज बस्नेत चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ बैशाख २०७६, सोमबार १९:१०
3
Shares

बिराटनगर / जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान ज्ञानबहादुर बस्नेत चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

विभागीय मुल्य, मान्यता, आदेश,निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही ध्वंसात्मक, हिंसात्मक मानव बेचविखन, जवरजस्ती करणी र चोरी जस्ता अवाञ्छित क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई उच्च मनोवल र साहसका साथ कानूनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रसंशनिय कार्य गरेकोले प्रहरी चौकी कर्सिया मोरङ दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान बस्नेतले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्यांकन गर्दै २०७५ साल चैत्र “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर