RUMPUM
animated ellipse animated ellipse

राजधानी तोक्ने बिषयमा प्रदेश प्रमुख र मुख्यमन्त्री विच छलफल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ बैशाख २०७६, सोमबार १६:५९
18
Shares

विराटनगर / प्रदेश न.१ को स्थायी राजधानीको बिषयलाई लिएर मुख्यमन्त्री शेरधन राईले प्रदेश प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्वाहाडलाई आज भेटेर बिफ्रिङ गरेका छन् ।

मुख्यमन्त्री राईले प्रदेशको स्थायी राजधानी विराटनगरनै तोकिन लागेको प्रदेश प्रमुखलाई जानकारी गराए । सवै पक्षलाई समेटेर सहमतिमा राजधानी तोक्न प्रदेश प्रमुख तुम्बाहाडले मुख्यमन्त्री राईलाई सुझाव दिए ।

सवैपक्षलाई मिलाएरनै राजधानी तोकिन लागिएको छ, राईले भने इटहरी र सुन्दर हरैचा आसपासका क्षेत्रमा केही संरचना मात्र निर्माण गरिने हो । यसरी संरचना निर्माण गर्दा पछि पनि सहमतिमै गरिने मुख्यमन्त्री राईले जानकारी गराएको प्रदेश प्रमुखका प्रेस सल्लाहाकार शेखर रेग्मीले जानकारी दिए ।

नेकपा भित्रका बहुमत सदस्य इटहरीनै राजधानी तोकिनु पर्छ भन्ने मनासयमा रहेपनि आफू विराटनगरलाईनै राजधानी बनाएर लैजाने पक्षमा रहेको उनको भनाई थियो । विराटनगरलाई आफुले वाइपास नगरेर वृहत्त विराट क्षेत्रको अवद्यारणामा अगि बढेको उनको तर्क छ ।

अधिकतम लचकतामा सहमतिको प्रयास गरेरै अगि बढेको छु राईले भने , सवैलाई मान्य हुनेनै वृहत्तर विराट क्षेत्र रहेकोले यो अवधारणा ल्याएको हो । यो प्रस्तावमा नेकपाका सवै सभासदले सहमति जनाईसकेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर