RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कूलका विद्यार्थी प्रहरीसँग एक दिन’कार्यक्रममा सहभागि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ बैशाख २०७६, आईतवार २१:२५
3
Shares

विराटनगर / समुदाय प्रहरी साझेदारी कृयाकलाप अन्तर्गत‘प्रहरीसँग १ दिन’कार्यक्रममा विराटनगर ७ मा रहेको ग्रेडेड सेकेण्डरी स्कूलका विद्यार्थीहरु सहभागि रहेका थिए ।

आज जिल्ला प्रहरीमा भएको कार्यक्रममा स्कूलमा कक्षा १० मा अध्यनरत ३५ जना छात्र छात्राहरू सहभागि रहेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा आयोजित उक्त कार्यक्रममा सहभागी छात्र छात्रालाई नागरिक सहायता कक्ष, ड्युटि अधिकृत कक्ष, महिला तथा वालवालिका सेवा केन्द्र, अपराध अनुसन्धान शाखा, कार्य शाखा, उजुरी छानविन शाखा, हिरासत व्यवस्थापन शाखा, प्रहरी परिचालन कक्षको भ्रमण गराई उक्त शाखाहरूबाट कसरी प्रहरी सेवा प्रदान गरिन्छ भन्ने जानकारी दिईएको थियो ।

कार्यक्रमको दौरानमा मोरङ प्रहरीले सञ्चालनमा ल्याएको “मोरङ प्रहरी एप्स“, “कलर कोटेड सेवा प्रवाह कार्ड “, “मापसे सचेतना परीक्षण“, “समुदायसँग चिया“ लागुऔषध विरूद्दको अभियान को बारेमा समेत जानकारी गराईएको थियो ।

भ्रमणको क्रममा सहभागि विद्यार्थीहरूसंग जिल्ला प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले अपराध र समाज विषयमा छलफल गरि विद्यार्थीहरूसंग अन्तर्कृयासमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर