RUMPUM
animated ellipse animated ellipse

टेष्ट राष्ट्रलाई पछि पार्दै आईसीसी विश्व बरियतामा नेपाल ११ औं स्थानमा उक्लियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० बैशाख २०७६, शुक्रबार १६:३१
3
Shares
फाइल तस्वीर

विराटनगर / नेपाल टी–२० विश्व बरियतामा टेष्ट राष्ट्रलाई पछि पार्दै आईसीसी विश्व बरियतामा पहिलो पटक ११ औं स्थानमा उक्लिएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले (आज) सार्वजनिक गरेको टी–२० विश्व बरियतामा नेपालले तीन स्थान सुधार गर्दै ११ औं स्थानमा पुगेको जनाएको छ । नेपाल यसअघि १४औं स्थानमा रहेको थियो ।

नेपाल दुई टेष्ट राष्ट्र जिम्बाब्बे र आयरल्याण्डलाई पछी पारेको छ । नेपालले २१२ पोइन्ट पाएको छ । जिम्बाब्वे १३ औं स्थानमा कायम रहँदा आयरल्यान्ड १५ औं स्थानमा रहेको छ । टी–२० बरियतामा पाकिस्तान शीर्ष स्थानमा रहँदा दोस्रोमा भने दक्षिण अफ्रिका, तेस्रोमा इंग्ल्यान्ड, चौथोमा अष्ट्रेलिया र पाँचौमा भारत रहेका छन् ।

त्यसैगरी छैटौमा न्युजिल्यान्ड, सातौमा अफगानिस्तान, आठौंमा श्रीलंका, नवौंमा वेष्ट इन्डिज र १०औंमा बंगलादेश रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर