CLASSICTECH NET

७ वटा मोवाइल चोरी गर्ने पक्राउ

खबर पूर्वाञ्चल, १९ बैशाख २०७६, बिहीबार १८:०९

विराटनगर / सात थान मोवाइल चोरी गरेको आरोपमा विराटनगर महानगरपालिका – १६ का २८ वर्षिय अब्बास खानलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले खानलाई आज विराटनगरबाट पक्राउ गरेको हो । पक्राउ परेका खानकोे शरीर तथा सामानको तलासी लिंदा ७ थान चोरीको मोवाइलहरु फेला परेको थियो ।

पक्राउ परेका खानलाई मुलुकी अपराध संहिता २०७४ को चोरी मुद्दामा मोरङ जिल्ला अदालतमा म्यात थप गरि अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५