CLASSICTECH NET

मुख्यमन्त्री राई र आर्थिक मामिला मन्त्री आङवोको नागरिक अभिनन्दन हुने

खबर पूर्वाञ्चल, १९ बैशाख २०७६, बिहीबार १६:४९

विराटनगर / नेपाल आदिवासी जनजाति महासंघ मोरङले प्रदेश नं १ मुख्यमन्त्री शेरधन राई र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रवहादुर आङवोलाई नागरिक अभिनन्दन गर्ने निर्णय गरेको छ ।

महासंघ मोरङका अध्यक्ष मिलनकुमार राईले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी यही वैशाख २० र २१ मोरङको गछियामा हुने चौथो जिल्ला अधिवेशको समापनको अवसरमा अभिन्नदन गर्ने जानकारी दिए ।

मोरङ जिल्लामा २९ आदिवासी जनजाति समुदायको वसोवास रहे पनि २० वटा जातिय समुदायको १७ वटा स्थानीय निकायमा महासङ्घको संगठन रहेको छ ।

महासंघले आदिवासी जनजातिका राष्ट्रिय पर्व एथावत राख्नु पर्ने जनजाति आयोगका लागि सम्पन्न वनाउनु पर्ने , संविधान संशोधन गरी सवैको वनाउनु पर्ने र पहिचानको आधारमा प्रदेशको नामाङकन र सिमाङकन हुनुपर्ने र स्थायी राजधानी सवैलाई सहज पहुंच हुने मध्यभागमा राख्नु पर्ने अधिवेशनमो मुख्य मुद्दा हुने जनाएका छन् ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५