वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डाक्टर दाहालको निधन

खबर पूर्वाञ्चल, १८ बैशाख २०७६, बुधबार १९:५०

विराटनगर / कोशी अञ्चल अस्पताल विराटनगरका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डाक्टर मुकुन्द दाहालको आज निधन भएको छ ।

टाउकोको सल्यक्रिया विग्रिएपछि करिब दुईवर्षयता अस्वस्थ्य रहेका डाक्टर दाहालको निधन भएको हो ।

भारतको दिल्लीमा रहेको एम्स अस्पतालमा टाउकोको नसाको सल्यक्रिया विग्रिएपछि डाक्टर दाहालको करिब ६ महिना एम्समा उपचार भएको थियो । तर स्वास्थ्यमा सुधार नभएपछि काठमाडौं ल्याइएको थियो ।

काठमाडौंमा उपचारकै क्रममा उनको निधन भएको हो । हाम्रो अस्पताल विराटनगरका संस्थापक अध्यक्ष समेत रहेका उनी नेपाल चिकित्सक संघका उपाध्यष थिए । दाहालका एक श्रीमती एक छोरा र एक छोरी छन् ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५