छोरीलाई बलत्कार गरेको आरोपमा झड्केलो बुबा पक्राउ

खबर पूर्वाञ्चल, १७ बैशाख २०७६, मंगलवार १६:४८

बेलबारी / आफ्नै छोरीलाई बलत्कार गरेको आरोपमा मोरङको बेलबारीबाट झड्केलो बुबालाई पक्राउ परेका छन् । मोरङको बेलबारी ११ भाङबारीका आफ्नै छोरीलाई यौन दुब्र्यबहार गरेको आरोपमा झड्केलो बुबा पक्राउ परेका हुन् ।

१४ बर्षिया छोरीको जाहेरीका आधारमा उनलाई सोमबार पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । लावतीले पटक पटक जेठी छोरीलाई यौन दुब्र्यबहार गर्दै आएको र पछिल्लोपटक बैशाख १ गते समेत यौन दुब्र्यबहार गरेका थिए । छोरीले आफन्तलाई सो कुरा सुनाएकी थिईन ।

सोमबार दिँउसो लावतीकी १० वर्षीया माईली छोरीले झुण्डिएर आत्महत्या गरे पछी बाबुको सो कर्तुत सार्वजनिक भएको हो । बहिनीले आत्माहत्या गरेपछी पिडित दिदीले बुबाविरुद्ध जरवजस्ती करणी प्रयासको उजुरी दिएकी हुन् । १४ वर्षीया बालिकाको उजुरीपछि झड्केलो बुबालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । बुबालाई जरवस्ती करणी उद्योगमा मुद्दा दायर गरी अनुसन्धान सुरु गरेको डिएसपी श्रेष्ठले बताए ।
प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाले आत्महत्या गरेको देखिएको प्रहरीले बताएको छ । बुबाले दिएको मानसिक तनावका कारण बहिनीले आत्महत्या गरेको भन्दै दिदीले उजुरी दिएकी हुन् । उनले बहिनीमाथि जवरजस्ती करणी भएको हुन सक्ने बताएको प्रहरीले जनाएको छ ।

बहिनीले १५ दिनपछि आत्महत्या गरेपछि दिदीले दिएको जाहेरीका आधारमा झड्केलो बुबालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । बुबाको दुर्घटनामा मृत्युभएपछि तीन बालिकाकी आमाले दोस्रो विवाह गरेकी हुन् ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५