पूर्वाञ्चल खबर
विराटनगर/ विराटनगरमा पछिल्लो समय सौन्दर्य प्रतियोगीता गराउनेहरुको होडबाजी नै चल्न थालेको छ । विराटनगरमा एकपछि अर्को गर्दै सौन्दर्य प्रतियोगिता आयोजना हुने गरेका छन् ।
आज विराटनगरको एक होटलमा एकै दिनमा दुईवटा सौन्दर्य प्रतियोगीताको अडिसन भएको छ ।
पहिलो अडिसन थियो मिस नेवाः कोशी र दोस्रो थियो मिस एसईई मोरङ २०१९ को अडिसन ।
मिस नेवाः कोशीमा ११ जनाले अडिसन दिए भने मिस एसईईमा ८ जनाले अडिसन् दिएका थिए ।
नेवारी समुदायको संस्कृति जगेर्ना उद्देश्यले मिस नेवाः आयोजना गर्न लागिएको आयोजक मञ्जिना मुभिज प्रालिका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी गराए । मिु नेवामा साहित्यकार सरिता तुलाधर, पत्रकार एवं कवि मीनकुमार नवोदित र यसअघिका विजेता रइसा श्रेष्ठ र सुधा श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए । उनीहरूले नेवारी संस्कृति, महिला वर्तमान अवस्थालगायतका विभिन्न विषयमा प्रश्न राखेका थिए । १६ देखि २५ वर्ष उमेर समूहका नेवारी समुदायका यूवतीहरू प्रतिस्पर्धामा सहभागी हुन पाउने ताम्राकारले बताए । एसइईदेखि स्नातकसम्म अध्ययन गरेका यूवतीहरू प्रतिस्पर्धामा उत्रिएका छन् ।
नेवारी समुदायको भेषभुषा र संस्कृतिप्रति यूवापुस्तालाई आकर्षित गर्दै उनीहरूभित्र रहेको प्रतिभा प्रस्फुटन गराउन प्रयोगिता आयोजना गरिएको ताम्राकारले बताए । मिस नेवाको विजेतालाई स्कुटी, ५ लाख रुपैयाँ बराबरको जीवन बिमासहितका आकर्षक पुरस्कार प्रदान गरिनेछ । त्यस्तै म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसमेत विजेताले प्राप्त गर्ने ताम्राकारले बताए ।
त्यस्तै यस वर्षको एसईई परीक्षा दिएर बसेका किशोरीहरूलाई लक्षित गरी मिस एइई मोरङ २०१९ को लागी ‘बौद्धिकता सहितको सौन्दर्य’ मुल नाराको साथ हुन लागेको प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँ प्राप्त गर्ने ड्रिम्स मिडिया एण्ड इन्टरटेनमेन्टका इभेन्टका सदस्य सुशिल घिमिरेले जानकारी दिए । साथै ज्योति लाइफ इन्स्योरेन्सले ५ लाख मुल्य बरावरको जीवन बिमा समेत गरेको घिमिरे जानकारी जानकारी दिए । प्रतियोगिताको फस्ट रनरअपले २० हजार र ४ लाख ५० हजारको जीवन विमा र सेकेण्ड रनरअपले १५ हजार सहित ३ लाखको जीवन विमा रहेको छ ।