AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मृगौला पीडित गुरुङलाई ९७ हजार सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ बैशाख २०७६, बिहीबार १८:०९
3
Shares
पथरी / मोरङ बेलबारी–४ धरहरा चौककी दुवै मृगौला पीडित सरस्वती गुरुङको उपचारको लागि तमु धी ख्यङ्साङ्नाम्दो शाखा दक्षिण कोरियाद्वारा ९७ हजार रुपैयाँ पीडितलाई प्रदान गरिएको छ ।

दक्षिण कोरियामा रहेका पथरीका अनिश गुरुङको संयोजकत्वमा सो रकम नेपाल पत्रकार महासंघ मोरङ पथरी सम्पर्क कार्यालयले मृगौला पीडित गुरुङकै निवासमा पुगेर आज हस्तान्तरण गरेको हो । आर्थिक अवस्था दयनीय भएका गुरुङको विराटनगरस्थित नोवेल अस्पतालमा हप्तामा दुई पटक डाइलोसिस गर्दैै आएको बिरामीकी दिदी कुमारी गुरुङले बताइन् । गहभरि आँसु पार्दै कुमारीले भनिन्–‘हामीलाई एकदमै अप्ठ्यारो परिस्थितिमा तमु धी ख्यङ्साङ्नाम्दो शाखा दक्षिण कोरियाबाट जुन किसिमको आज सहयोग प्राप्त भएको छ हामी उहाँहरुप्रति सदैव आभारी छौं ।’

मृगौला पीडित गुरुङको श्रीमान् मानबहादुर गुरुङले भने–‘श्रीमतीको यो हालतमा सहयोगीदाताहरुबाट हामीलाई सक्दो सहयोग भइरहेको छ, अहिले डाइलोसिस गरिरहेका छौं मृगौला प्रत्यारोपणका लागि आर्थिक रकम संकलन भइरहेको छ, छिट्टै नै प्रत्यारोपणका लागि हामी भारत जाने तयारीमा छौं ।’ स्थानीय समाजसेवी तथा सरोकारवालाहरुद्वारा पनि सरस्वती गुरुङ बचाउ अभियानलाई अघि बढाइरहेका छन् ।

नेपाल पत्रकार महासंघ मोरङका सह–सचिव सन्तोष राईले कोरियाबाट आएको सहयोग रकम पीडितका श्रीमान मानबहादुर गुरुङ, सरस्वती बचाउ अभियानका सदस्य रणबहादुर गुरुङ र बिरामी गुरुङलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । यसैगरी सरस्वती गुरुङ बचाउ अभियानका सदस्य रणबहादुर गुरुङले भने–‘हामीलाई आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण संघ संस्थालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । र, अझ केही रकम अभाव भएकोले सम्पूर्ण सहयोगी हातहरुलाई सहयोग गर्न अपिल पनि गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर