CLASSICTECH NET

ग्रामथान १ मोरङको पहिलो बाल विवाहमुक्त वडा

खबर पूर्वाञ्चल, ४ बैशाख २०७६, बुधबार २०:४१

विराटनगर / मोरङको ग्रामथान गाउँपालीका बडा १ लाई बाल विवाहमुक्त वडा घोषणा गरिएको छ । वडा नंं. १ मोरङको पहिलो बाल विवाहमुक्त घोषित वडा बनेको हो । मोरङ क्षेत्र नंं. ४ का प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले बाल विवाहमुक्त वडा घोषणा गरेका हुन् ।

बाल विवाह विरुद्धका विभिन्न अभियान तथा कार्यक्रमहरुका कारण बालविवाह गर्ने क्रम घट्दै गएको वडाध्यक्ष नमोनारायण माझीले बताए । १४, १५ बर्षकै उमेरमा बढी विवाह गराउने गरेको भएतापनि त्यो क्रम घट्दै गएको वडाध्यक्ष माझीले बताए । उनका अनुसार २०७४ मा ५ वटा र २०७५ मा ४ वटा बालविवाह रोकीएको छ ।

बालविवाहमुक्त घोषणासँगै चाडै बालमैत्री घोषणा गर्ने रणनीति तय गरिसकीएको उनले बताए । बालविवाहमुक्त घोषणा कार्यक्रममा प्रतिनिधिसभा सदस्य अमनलाल मोदी, प्रदेशसभा सदस्य विजय विश्वास, ग्रामथान गाउँपालिका उपप्रमुख फूलकुमारी चौधरी, नारी विकास संघकी अध्यक्ष सीता शर्मा, वल्र्ड भिजन इन्टरनेशलका फिल्ड अफिसर विनय अमात्यलगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५