RUMPUM
animated ellipse animated ellipse

हिंसा र हतियार छोडेर वार्तामा आउँन विप्लप समूहलाई उपसभापति गच्छदारको आग्रह

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ बैशाख २०७६, बुधबार २०:१६
3
Shares
फाइल फोटो

विराटनगर / वर्तमान सरकारको लोकतन्त्रलाई कमजोर गर्ने वाटोमा हिडिरहेको नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले वताएका छन् ।

आज दिउँसो विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दा उपसभापति गच्छदारले सरकारले संसदीय पद्धति र त्यसको मूलय र मान्यतालाई कमजोर वनाएको र स्वतन्त्र न्यायालयमा हस्तक्षेप गरेकोले मतदाताहरुले आफूले दिएको मतका सम्वन्धमा सोच्न वाध्य भएको वताएका हुन् ।

नेपाली कांग्रेसले जनजागण अभियान सरकारले गरेका गलत क्रियाकलापको जनतालाई सुशुचित गराउने उद्देश्यले गरेको वताउँदै उपसभापति गच्छदारले यस कार्यमा अन्य पार्टीको सहयोग र सहभागिता हुने जानकारी दिए । मुलकको अर्थतन्त्रलाई धरासायी हुने वाटोतर्फ गइरहेको आरोप लगाउँदै उपसभापति गच्छदारले वंवई सिंचाई योजना २० वर्ष अगाडि नेपाली काँग्रेसले निर्माण कार्य शुरु गरेको वताए ।

उपसभापति गच्छदारले जनताको हितमा गरिने प्रत्येक कार्यमा प्रतिपक्ष दलको हैसियतले सहयोग गर्ने वताउँदै विकास निर्माण कार्यमा नेकाले हातेमालो गरेर अगाडि बढ्ने बताए ।

उपसभापति गच्छदारले वर्तमान सरकारले विप्लवसँगको वार्ताको वातावरण सिर्जना गर्नु पर्नेमा जोड दिदै भने विप्लप समूहले हिंसा र हतियार छोड्दै वार्तामा आउँन आग्रह समेत गरे ।

नेपाली काँग्रेस पार्टी भित्र रहेको अन्तरद्वन्द्ध समाधान सहमतीवाट भइरहेको जानकारी दिदै उपसभापति गच्छदारले प्रमुख नेताहरुले निर्वाचन , अनुशान समिति सहमतीवाट नै गठन भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर