RUMPUM
animated ellipse animated ellipse

विद्यालय भर्ना अभियानको नाममा सामुदायिक विद्यालयले दिने शिक्षामा विभेद – प्रमुख सचेतक कार्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ बैशाख २०७६, मंगलवार २१:१३
3
Shares

विराटनगर / प्रदेश सभाको आजको बैठकको शुन्य समयमा प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले विद्यालय भर्ना अभियानको क्रममा सामुदायिक विद्यालयले दिने शिक्षामा विभेद हुने गरेको बताए ।

प्रमुख सचेतक कार्कीले एउटै विद्यालयकमा गरीवका छोरा छोरी नेपाली माध्यममा पढ्ने र धनीका छोरा छोरी अङ्ग्रेजी माध्यममा पढ्ने व्यवस्था विभेद पूर्ण रहेको बताए । केही सामुदायिक विद्यालयमा अंग्रजी माध्यामका नाममा हुँदाखाने र हु्ने खानेबिचको खाडललाई बढाएको उनको भनाई छ । सामुदायिक बिद्यालयहरुमा अहिले अंग्रेजीको नाममा बोर्डिङ पढ्दै गरेका बिद्यार्थी कक्षा, ६ देखि १० सम्म ल्याएर भर्ना गराउने अनी तिनै बोर्डिङमा बढाउनेका छोराछोरीलाई नै छात्रबृती दिने जस्ता प्रबृती शुरु हुनु गलत भएको प्रमुख सचेतक कार्कीको भनाई छ ।

‘एउटा सरकारी बिद्यालयमा पढ्ने धनीको छोरा रकम तिरेर अंग्रेजी पढ्छ, अनी पैसा तिरेर बसमा चढेर आउँछ, प्रमुख सचेतक कार्कीले भने, ‘पैसा नहुने गरिबको बच्चा आर्थिक अभावकै कारण नेपाली माध्याममा पढ्नु पर्ने अनी खाली खुट्टा हिँडेर विद्यालय जानु पर्ने यो कस्तो शिक्षा हो ?’

पैसा नहुनेहरु अंग्रेजी माध्याम पढ्नै नपाउने गरी ल्याईएको शिक्षाको ब्यवस्थाले पैसा नहुनेहरु पढ्न नपाउने र उनीहरुलाई टर्चर दिने काम भएको कार्कीको भनाई छ । ‘दिन प्रतिदित शिक्षामा विभेद हुँदैछ, हुनेखानेले स्कलरसिपको लागि सामुदायिक विद्यालयमा ल्याएर भर्ना गरेका छन्, यसबाट हुँदाखानेका बालबालिका प्रताडित हुनु परेको छ, कार्कीले भने ।

स्कलरसिपको नाममा हुनेखानेले गरिबको रगत र पसिनामा खेलेको आरोप कार्कीको छ । उनले यस्ता खालका विभेद देखिने ब्यवस्थालाई रोक्न प्रदेश सरकारको ध्यानाकर्षण समेत गराए ।

नेपाली कांग्रेसका सचेतक तथा प्रदेश सदस्य सूयर्माराज राईले प्रदेश स्तरीय सुकुम्बासी समस्या समाधान आयोग गठन गरेर भएपनि प्रदेश सरकारले यो समस्या समाधान गर्नु पर्ने बताए । भुमाफियाहरु सल्बलाएर जग्गाको अतिक्रमण बढीरहेको अवस्थामा ति माफियालाई समेत कानुनी दायरामा ल्याउनको लागि सचेतक राईले प्रदेश सरकारसँग माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर