विराटनगर / विद्युतको तार जोडने क्रममा करेन्ट लागेर एकजना मजदुरको ज्यान गएको छ ।
विराटनगरमा रहेको जिल्ला सरकारी वकिल कार्यालय नजिकै निर्माणाधिन सडकको पोलमा करेन्ट लागेर पर्सांको सखुवापर्सेनी गाउँपालिका १ का भोजराज दुलालको ज्यान गएको हो ।
विद्युत प्रधिकरणलाई लाइन काट्न लगाएर मजदुर तार जोड्दै गर्दा करिब ३ बजे एक्कासी करेण्ट प्रवाह भएपछि पर्सा जिल्लाको सखुवा पसौनी गाउपालिका– १ का दुलालको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले तार जोडने क्रममा करेण्ट लागेर घाइते भएका उनको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएका छन्। उनी आशिष कन्ष्ट्रक्सनको पेटी ठेकेदार कर्मचारी रहेको मोरङ प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया