CLASSICTECH NET

साहित्यकार बुढाथोकी र प्याब्सन अध्यक्ष पुरीलाई सम्मान

खबर पूर्वाञ्चल, ३ बैशाख २०७६, मंगलवार १७:५२

विराटगनर / चर्चित साहित्यकार ताराबहादुर बुढाथोकी ‘पाख्रिवासे कान्छो’ र प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीलाई सम्मान गरिएको छ ।

प्रगतिशिल लेखक संघ नेपालले आज विराटनगरमा एक कार्यक्रमकाबीच उनीहरुलाई सम्मान गरेको हो । संघका केन्द्रीय सदस्य मधु पोखरेलले खादा ओढाएर बुढाथोकी र पुरीलाई सम्मान गर्दै सफलताको शुभकामना दिए ।

साहित्यकार बुढाथोकी संखुवासभाको खाँदबारीस्थित बरुण बहुमुखी क्याम्पसका उपप्राध्यापक र संघको केन्द्रीय पार्षद हुन् । उनी राष्ट्रपतिबाट प्रदान गरिने जनसेवा श्री पाँचौंबाट पनि यस वर्ष विभूषित भइसकेका छन् ।

पुरी विराटनगरको एभरेष्ट बोर्डिङ स्कूलका सस्थापक प्रिन्सिपल हुन् । कार्यक्रममा नेपाली साहित्य क्षेत्रमा बुढाथोकीले र निजी विद्यालयको विकासमा पुरीले पु¥याएको योगदानको चर्चा गरिएको थियो ।

साहित्कार एवं प्राध्यापक देवी पन्थी, शिवनारायण पण्डित ‘सिंगल’, बुद्धिजिवी दिनेश श्रेष्ठ, नागरिक अगुवा रामबाबु दाहाललगायतले बुढाथोकी जस्तै स्रष्टाका कारण नेपाली साहित्य क्षेत्रले उचाई लिएको बताए । उनीहरुले पुरीले निजी विद्यालयको विकासमा योगदान दिएर नेपालको शैक्षिक गुणस्तर उकास्न निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताए ।

तपाईको प्रतिक्रिया

moder era School

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५