CLASSICTECH NET

सुरक्षा गार्डहरुले पारिश्रमिक पाएनन्

खबर पूर्वाञ्चल, २ बैशाख २०७६, सोमबार २०:३७

विराटनगर /पूर्व सुरक्षा अधिकारीहरूले सञ्चालन गरेका सेक्युरिटी सर्भिस कम्पनीहरूले कामदारलाई न्युनतम् पारिश्रमिक पनि नदिई काम गराउने गरेका छन् ।

बैंक, उद्योग तथा विभिन्न प्रतिष्ठानहरूमा सुरक्षा गार्ड सप्लाई गर्ने सेक्युरिटी कम्पनीले न्यूनतम पारिश्रमिक नदिएपछि सुरक्षा गार्डहरु श्रम तथा रोजगार कार्यालय पुगेका छन् ।

न्यूनतम पारिश्रमिक नदिएपछि चारवटा कम्पनीका मजदुर श्रम तथा रोजगार कार्यालय पुगेका छन् । न्यूनतम पारिश्रमिक माग गर्दै विराट गोर्खा सेक्युरिटी सर्भिस विराटनगर, कमाण्डो सक्युरिटी सर्भिस इटहरी, गोर्खाली योद्धा सेक्युरिटी प्रालि काठमाडौं र केटिएम सर्भिस प्रालि काठमाडौंमा कार्यरत सुरक्षा गार्ड गुहार माग्दै श्रम कार्यालय पुगेका हुन् ।

श्रम कार्यालयमा केटिएम सेक्युरिटी कम्पनीमा कार्यरत १ सय ४१ मजदुरले उजुरी गरेका छन् । श्रम ऐन २०७४ मा महंगी भत्तासहित न्यूनतम मासिक १३ हजार ४ सय ५० तलब, १० प्रतिशत सञ्चयकोष, ८.३३ प्रतिशत सामाजिक सुरक्षा कोष, ८ घण्टाभन्दा बढी समय काम गर्दा ओभरटाइम सुविधा दिनुपर्ने प्रावधान छ । तर, उजुरी परेका कुनै कम्पनीले ऐनले तोके अनुसार तलब भुक्तानी गरेका छैनन् ।

न्यूनतम पारिश्रमिक माग गर्दै पुगेका श्रमिकहरूलाई श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले श्रम ऐन कार्यन्यन गर्दै न्यूनतम पारिश्रमिक पाउने व्यवस्था मिलाउने आश्वासन दिए । सेक्युरिटी गार्ड सप्लाई गर्ने कम्पनीहरूलाई पत्र लेख्दै सञ्जेलले पारिश्रमिक नदिए कारवाही गर्ने चेतावनी समेत दिए ।

तपाईको प्रतिक्रिया

BHANU COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५