पूर्वाञ्चल खबर
लोकतान्त्रिक अपांग संघका गणेश केसीलाई १ सय १२ मत अन्तरले पराजित गर्दै नेकपा निकट अपाङ्ग संगठनका शर्मा अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षसहित शर्माको पूरै प्यानल विजयी भएको हो ।
संघको बरिष्ठ उपाध्यक्षमा रमेश लामा, महिला उपाध्यक्षमा रमा ढकाल, महासचिवमा राजु बस्नेत र कोषाध्यक्षमा के.पी. अधिकारी निर्वाचित भए । महाधिवेशनले सचिवमा भावुकजंग थापा, केन्द्रीय सदस्यहरुमा रमेश पोखरेल, सुगम भट्टराई, सीता सुवेदी, रुपारानी राई, प्रतिमा लामालाई निर्वाचित गरेको छ ।
अनुशासन आयोगको संयोजकमा टेकनाथ न्यौपाने, अनुशासन आयोग सदस्यमा कुमार पौडेल निर्वाचित भए । समावेशी तर्फका १३ जना केन्द्रीय सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए ।