RUMPUM
animated ellipse animated ellipse

मेयरकप क्रिकेटको उपाधि विराटनगरलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ चैत्र २०७५, बुधबार १८:०७
3
Shares
इटहरी / विराटनगरले इटहरीमा जारी मेयरकप क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ ।

आज भएको फाइनल खेलमा विराटनगर महानगरपालिकाले आयोजक इटहरी उपमहानगरपालिकालाई ७८ रनले पराजित गर्दै उपाधिसहित नगद ५० हजार रुपैया र ट्रफी हात पारेको छ । उपविजेत बनेको इटहरीले २५ हजार रुपैयामा चित्त बुझाएको छ ।

इटहरी ९ स्थित क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिड गरेको विराटनगरले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ७३ रनको विशाल योगफल खडा गरेको थियो । विराटनगरका पुष्प थापाले बिष्फोटक ब्याटिड गर्दै सर्वाधिक ९६ रन जोड । कप्तानी पारी खेलेका थापाले ३४ बलमा १२ चौका र ६ छक्का प्रहार गरे । रवि रोयले २२ रन , फिर्दोस अन्सारीले २१ रन बनाउँदा मिनस थापाले १५ रनको योगदान दिए । इटहरीका भुपाल लुइटेलले ३ बिकेट लिँदा रवि साहले २ विकेट लिए ।

जवाफमा १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको इटहरी १७ दशमलव १ बलमा ९५ रनमा समेटियो । इटहरीका मनिष दाहालले नटआउट २७ रन बनाउँदा सरोज कटुवालले २५ रन तथा सुमन पौडेलले २० रन जोडे । विराटनगरका पुष्प थापा, दिपेश कंडेल, मुकुन्द यादव र अमृत सिंहले २–२ विकेट लिए । फाइनल खेलमा म्यानअफ द फाइनल विराटनगरका अलराण्डर खेलाडी कप्तान पुष्प थापा घोषित भए । उनले नगद १ हजार र ट्रफी पाए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी विराटनगरका दिपेश कंडेल घोषित भए । उनले नगद ५ हजार र ट्रफी पाए । उत्कृष्ट बलर इटहरीका उज्वल श्रेष्ठ र उत्कृष्ट ब्याष्टस्म्यान विराटनगरका फिर्दोस अन्सारी घोषित भए । उनीहरु दुवैले जनही नगद ३ हजार र ट्रफी पाए । इटहरी उपमहानगरपालिकाको संयोजनमा भएको प्रतियोगतामा एक नम्बर प्रदेशका ८ टिम सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर