AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नयाँ शक्तिको प्रदेश कमिटि पुनर्गठित,संयोजकमा श्रेष्ठ, प्रवक्तामा तेजलाल कर्ण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ चैत्र २०७५, मंगलवार १७:१८
3
Shares
 विराटनगर / नयाँ शक्ति पार्टी, नेपालले  १ नम्बर प्रदेश कमिटि पुनर्गठित गरेको छ । प्रभुराम श्रेष्ठको संयोजक रहने गरि १ सय ३३ जनाको सदस्य गठन गरेको हो ।      
प्रदेशको प्रवक्ता भने दुई जना तोकिएको छ । प्रवक्तामा तेजलाल कर्ण र नवराज दाहाल रहेका छन् । कर्णलाई आर्थिक विभाग प्रमुखको समेत जिम्मेवारी दिएको छ ।

विराटनगरमा बसेको नयाँ शक्ति पार्टीको बैठकले विभिन्न विभागको प्रमुख पनि तोकेका छ । प्रशिक्षण विभाग प्रमुखमा डिल्लीराम सिग्देल, प्रचार विभाग प्रमुख तार पोखरेल, उत्पादन तथा स्वरोजगार विभाग प्रमुख भेषराज भट्टराई, उपप्रमुखमा युवराज कटुवाल रहेका छन् । त्यस्तै अनुगमन तथा मुल्यकान विभाग प्रमुख सुर्यबहादुर राई, साँस्कृतिक विभाग प्रमुख रोम घिमिरे, जनपरिचालन विभाग प्रमुख भरत दहाल, कार्यालय व्यवस्थापन विभाग प्रमुख नवराज दहाल, यूवा फाट प्रमुख भैरव श्रेष्ठ, विद्यार्थी फाट प्रमुख दिनेश दंगल, महिला फाट प्रमुख विमला अर्याल, किसान फाट प्रमुख जीवनारायण पोखरेल, प्रेस सोसाइटी फाइ प्रमुख तारा पोखरेल रहेका छन् ।

पुनर्गठित प्रदेश कमिटिलाई पार्टीको हेडक्वाटर सदस्य तथा अनुगमन तथा मुल्यांकन विभाग प्रमुख प्रभुराम खापुङ्गले सपथ ग्रहण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर