CLASSICTECH NET

अपाङ्ग महासंघको अध्यक्षमा तीन जना भिड्दै

खबर पूर्वाञ्चल, २५ चैत्र २०७५, सोमबार २२:००

विराटनगर / विराटनगरमा जारी राष्ट्रिय अपाङ्ग महासंघको नयाँ नेतृत्व चयनका लागि भोली विहान मतदान हुने भएको छ ।

सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि भएको प्रयास सफल नभएपछि मतदानबाट नेतृत्व चयन गरिने भएको हो । ४३ सदस्यीय केन्द्रीय समितिका लागि १ सय ३ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षमा नेकपामा राम कार्की र मित्रलाल शर्मा र नेपाली काँग्रेसका गणेशबहादुर केसीवीच प्रतिष्पर्धा हुने भएको छ । नेकपाका शर्मा शिक्षक पेशामा रहेको भन्दै उम्मेदवारी खारेजीका लागि निवेदन परेपनि निर्वाचन समितिले बदर गरिदिएको छ । लाभको पदमा नरहेकाले उम्मेदवारी बदर नगरिएको निर्वाचन समितिले जनाएको छ । शर्माको उम्मेदवारी कायमै रहेपछि अध्यक्षमा तीन जना वीच प्रतिष्पर्धा हुने भएका हो । उपाध्यक्ष (शारिरीक) तर्फ रमेश लामा र पदमबहादुर परियारले उम्मेदवारी दिएका छन् । उपाध्यक्ष महिलामा इन्द्रमायाँ गुरुङ, रमा ढकाल र देवी आचार्यले उम्मेदवारी दिएको निर्वाचन अधिकृत सीता पौडेलले जानकारी दिए ।

विद्युतिय भोटिङ मेसिनबाट भोली विहान ८ वजेदेखि मतदानको कार्यक्रम राखिएको उनले बताऐ । अधिकारवादी संस्थामा दलगत प्रतिष्पर्धा हुने देखिएपछि अपाङ्गता भएका व्यक्तिहरुले गुनासो गरेका छन् । उनीहरुले यसले राम्रो सन्देश नदिने बताएका छन् । राष्ट्रिय महाधिवेशनमा ७७ जिल्लाका ६ सय ३१ जना प्रतिनिधि सहभागि भएका छन् ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५