सुनसरी / इटहरीमा जारी मेयरकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा बेलबारी नगरपालिका र विर्तामोड नगरपालिका विजयी भएका छन् ।
इटहरी ९ स्थित क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा बेलबारीले पथरीशनिश्चरे नगरपालिकालाइ ६२ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको बेलबारीले निर्धारित १८ ओभरको खेलमा ७ विकेट गुमाउँदै १ सय ७२ रनको योगफल खडा गरेको थियो । बेलबारीका लागी आशिष झाले ४७ रन , विकाश दासले ३६ रन र अमित यादवले २७ रनको योगदान दिए । पथरीेका राज राइले २ विकेट र निकेश खत्री र रावण राइले १–१ विकेट लिए ।
जवाफमा १ सय ७३ रनको बिजयी लक्ष्य पछ्याएको पथरीले निर्धारित १८ ओभरमा ४ विकेट गुमाउदै १ सय १० रन मात्र बनाउँन सक्यो । पथरीशका आकाश खत्रीले अविजित ५० रन बनाए पनि हार टार्न सकेनन । केलिन राइले २० रन जोड्दा अन्य खेलाडीले दोहोरो रनको स्कोर जोड्न सकेनन । वेलबारीका म्यानअफ द म्याच विकाश दास, एलन राई र अमित भगतले १–१ विकेट लिए ।
आजै भएको दोस्रो खेलमा विर्तामोडले इनरुवा नगरपालिकालाई ८ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिड गरेको इनरुवाले निर्धारित १९ ओभरको खेलमा सबै बिकेट गुमाएर ९१ रन बनाएको थियो । जवाफमा ९२ रनको बिजयी लक्ष्य विर्तामोडले ८ ओभरमा २ बिकेट गुमाएर पूरा गर्यो । प्रतियोगिता अन्तगर््ात भोली दुई वटै सेमिफाइनल खेल हुनेछन । भोलीको पहिलो सेमिफाइनल खेल इटहरी र बेलबारी बिच हुँदा दोस्रो खेल विर्तामोड र विराटनगर बिच हुनेछ ।
तपाईको प्रतिक्रिया