CLASSICTECH NET

विषयगत सभापतिहरुगरे गरे सपथ ग्रहण

खबर पूर्वाञ्चल, २४ चैत्र २०७५, आईतवार २१:१७

विराटनगर / प्रदेश सभाको विषयगत समितिका निर्वाचित सभापतिकाहरुले आज एक समारोहको वीच सपथ ग्रहण गरेका छन् ।

निर्वाचित सभापतिहरुलाई प्रदेशसभा परिसरमा प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश नं.१ को प्रदेश सभा नियमावली, २०७४ को नियम १३४(१) बमोजिम सपथ गराएका छन् ।

यसरी सपथग्रहण गर्नेहरुमा न्याय प्रशासन तथा विधायन समितिको सभापतिमा इन्द्रमणि पराजुली, सुशासन तथा योजना समितिको सभापतिमा अर्जुन राई, अर्थ समितिको सभापतिमा मोहनकुमार खड्का, सार्वजनिक लेखा समितिको सभापतिमा शिवनरायण गनगाँइ, सामाजिक विकास समितिको सभापतिमा सरिता थापा, उद्योग, पर्यटन वन तथा वातावरण समितिको सभापतिमा सीता थेवे र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिको सभापतिमा सर्वध्वज साँवा रहनु भएको छ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विषयगत समितिका सभापतिहरुले सभा सञ्चालनमा प्रभावकारी भूमिका निर्वाह गरी जनताप्रति जवाफदेहिता र उत्तरदायित्व कायम राख्नु हुने वताए । उनले समितिले सरकारको कामको अनुगमन ,निर्देशन र पारदर्शी र सुशासन कायम ठूलो जिम्मेवारी भूमिका रहेकोमा सफलता पूर्वक सम्पन्न गर्न सफलताको शुभकामना समेत दिए ।

मुख्यमन्त्री राईले कानून तर्जुमा गर्न र तिव्र गतिमा विकासको गति अगाडी वढाउन र सामाजिक क्षेत्र, विकास निर्माण लगायतमा समितिले प्रभावकारी भूमिका खेल्ने बताए । उनले प्रदेशको नामाकारण र स्थायी राजधानीको घोषणा गर्ने सवैको सहमती सहकार्यवाट गरिने वताउदै जिम्मेवारी प्रतिपक्षीले प्रदेशको विकास कार्यको महत्वपूर्ण योगदान दिन सहयोग सहकार्य गर्ने वताए ।

प्रदेश सभामुख भण्डारीले सदनलाई प्रभावकारी ढंग अगाडि वढाउन सभापतिहरुको महत्वपूर्ण भूमिकामा र योगदान रहने बताए । उनले सहमतीको आधारमा कानून वनाउने प्रदेश सवैभन्दा अगाडि रहेको चर्चा गर्दै जनताको विकास निमित्त गरिने सवै कार्यहरुमा सदस्यहरु हातेमालो गरि अगाडि वढने कुरामा प्रदेशले उदाहारण पेश गर्ने बताए ।

कांग्रेस प्रमुख सचेतक केदार कार्की समितिहरु जति सक्रिय हुन्छन् उति नै कानून निर्माण प्रभावकारी बन्न सक्ने बताउँदै भन्छन्,‘‘तर, एक वर्षको हाम्रो अनुभवले समितिहरु सक्रिय हुनेमा अझै आशंका छ ।’’ उनले विधेयकहरुमाथिको दफावार छलफलका लागि समितिमा सांसदहरु सक्रिय हुनुपर्ने सुझाव दिए ।

तपाईको प्रतिक्रिया

moder era School

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५