CLASSICTECH NET

सामाजिक विकास मन्त्रालयमा सूर्तिजन्य पदार्थ निषेध

खबर पूर्वाञ्चल, २४ चैत्र २०७५, आईतवार २०:२९
सूर्ति जन्य पदार्थ निषेधको घोषणा गर्दै प्रदेश १ समाजिक विकास मन्त्री जीवन घिमिरे । तस्वीर-पुष्पराज थपिलया

विराटनगर / प्रदेश १ को सामाजिक विकास मन्त्रालयले विश्व स्वस्थ्य दिवसको अवसरमा मन्त्रालय र मातहतका कार्यालयहरुका सेवाग्राही र कर्मचारीलाई कार्यालय परिसरमा सूर्ति जन्य पदार्थ बोक्न र प्रयोग गर्न निषेध गरिएको छ ।

आज मन्त्रालयले एक कार्यक्रमको आयोजना सुर्तिजन्य पदार्थ चुरोट,बिडी,सिगार,तमाखु, हुक्का, सुल्फा, कच्चा सुर्ती, खैनी, गुट्खा तथा यस्तै प्रकारका सुर्तीजन्य पदार्थ सेवन निषेध गरिएको हो ।

गेटमा रहेका सुरक्षा गार्डले मन्त्रालय आउने सेवाग्राही र कर्मचारीको सूर्ति जन्य पदार्थ जाँच गर्नेछन् । सेवाग्राहीकालागि सूर्ति फाल्न गेटमा डसबिन पनि राख्ने छ । प्रदेश १ समाजिक विकास मन्त्री जीवन घिमिरेले मन्त्रालय परिषरमा सूर्ति जन्य पदार्थ निषेध गरेको घोषणा गरे ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालायले सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले यस्तो थालनी गरिएको जनाएको छ ।

मन्त्रालयले आइतबारबाट मन्त्रालयमा आउने व्यक्तिको साथमा सुर्तीजन्य पदार्थ फेला परे मन्त्रालयमा लैजान नदिने भएको छ । यस्ता पदार्थ भेटिएमा मन्त्रालयको गेटमै फाल्ने व्यवस्था मिलाईने मन्त्रालयका प्रवक्त गोपि घिमिरेले जानकारी दिए ।

मन्त्रालय भित्र त्यस्तो पदार्थ साथमा भेटिए नियम अनुसार कारवाही हुने उनले जानकारी दिए । त्यसै गरी बैशाख १ गतेबाट मन्त्रालयका सबै मातहतका कार्यालयमा यस्ता पदार्थ लैजान रोक लागाउने उनले जानकारी दिए । त्यसैगरी प्रदेश १ भित्रका विद्यालय,स्वस्थ्य संस्थालागायतका स्थानमा सुर्तीजन्य पदार्थको सेवन रोक्न सम्बन्धित निकायका सरोकार वाला सँग मन्त्रालयले छलफल अगाडी बढाउने भएको छ । साथै प्रदेश १ मा सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमन गर्न कानुन निर्माण गरिने भएको छ ।

कार्यक्रममा सुरुवातमा प्रदेश १ का प्रत्येक जिल्लाका १–१ विद्यालय छनौट गरि त्यहा सुर्तिजन्य पदार्थको सेवनमा रोकलागाउने प्रतिबद्धता गराइएको छ । प्रदेश १४ वटै जिल्लाका स्वास्थ्यक कार्यालयका प्रमुखले पनि प्रतिबद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५