CLASSICTECH NET

बाटो खन्ने क्रममा पुरिएर चालकको मृत्यु

खबर पूर्वाञ्चल, २४ चैत्र २०७५, आईतवार १८:०२

ताप्लेजुङ / ताप्लेजुङको श्रीजंगा गाउँपालिका ५ पेदाङमा बाटो खन्ने क्रममा बाटो माथिबाट झरेको ढुंगा र माटोले पुरिएर स्काभेटर चालकको मृत्यु भएको छ ।

आज खैरबारीबाट राष्ट्रिय माध्यामिक विद्यालय पेदाङजोड्ने बाटो खन्दै गरेको स्काभेटरलाई बाटोमाथिबाट झरेको ढुंगा र माटोले किच्दा चालक सिन्धुली कमलामाई नगरपालिका १ बेल्टारका २१ वर्षिय विरबहादुर तामाङको घटनास्थलमानै मृत्यु भएको हो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरीको टोली खटि गई शव उद्धार पश्चात कानूनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि तेल्लोक स्थित प्राथमिक स्वास्थ्य केन्द्र पठाईएको ताप्लेजुङ प्रहरीले जनजाएको छ ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५