CLASSICTECH NET

पानीले रोक्यो धुर्मुसको मातृभूमि कप क्रिकेट

खबर पूर्वाञ्चल, २३ चैत्र २०७५, शनिबार २०:०६

काठमाडौं / आज हुने भनिएको मातृभूमि कप क्रिकेट प्रतियोगीता बिहानै देखि परेको पानीका कारण स्थगित भएको छ । बिहान १० बजेदेखि नै राष्ट्रिय क्रिकेट टिम र कलाकारहरु गरी दुई–दुई टिम बिच प्रतियोगीता हुने भनिएको थियो तर बर्षातका कारण आजका लागी खेल रोकिएको हो ।

अब खेल अर्को शनिबार हुने सम्भावना रहेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस बताए । ‘आज नै शनिबार भनेर तोक्न सकिदैन तर सम्भावना आउँदो शनिबारका लागी छ । भोली हामीले मिति तोक्नेछौं ।’ धुर्मुसले भने ।

मातृभूमि कप क्रिकेट प्रतियोगीता धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तराष्ट्रिय रंगशालाको सहयोगार्थ गर्न लागेको हो । साथै खेलबाट उठेको रकमको १५ प्रतिशत हिस्सा बाराका हुरी पीडितहरुलाई छुट्याउने फाउण्डेसनले जनाएको छ ।

क्रिकेटर र कलाकारहरुलाई ‘ए’ र ‘बी टोलीमा विभाजन गरेर खेल्दै छन् । क्रिकेटरको ‘ए’ टिमको नेतृत्व पारस खड्काले र ‘बी’ टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् । यस्तै कलाकारको ‘ए’ टिमको नेतृत्व मदनकृष्ण श्रेष्ठले र ‘बी’ टिमको नेतृत्व हरिवंश आचार्यले गर्नेछन् । कलाकारहरुको टिममा अभिनेता निर शाह, सुनिल थापा देखि अहिलेका यूवा स्टार सलिनमान बनिया, पल शाहसम्मले क्रिकेट खेल्नेछन् ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५