AArya
RUMPUM
animated ellipse animated ellipse

विभानस्थलबाट ६ किलो सुनसहित चार भारतीय पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ चैत्र २०७५, बिहीबार १९:३३
3
Shares
काठमाडौं /प्रहरीले त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थलबाट करिब ६ किलो सुनसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । तीन महिला र एक पुरुष सुनसहित पक्राउ परेका हुन् ।

एक भारतीय चार सय ९७ ग्राम सुनसहित र थप तीन महिला पाँच किलो सुनजस्तो देखिने वस्तुसहित पक्राउ परेका विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दिप भण्डारीले बताए । उनले सुन परीक्षणका लागि पठाएको बताए ।

बरामद सुनबारे विमानस्थल भन्सार र प्रहरीले अनुसन्धान सुरु गरेको जनाइएको छ । पक्राउ परेका व्यक्तिहरूको परिचय भने खुलाइएको छैन् । पक्राउ परेकाहरु थाइ एयरलाइन्सको विमानमार्फत बैंकक हुँदै काठमाडौं आएकोे एसएसपी सन्दिप भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर