सवै क्षेत्रमा ओली सरकारको हस्तक्षेप : देउवा

खबर पूर्वाञ्चल, २१ चैत्र २०७५, बिहीबार १८:३९
नेपाल टेलीकम वर्कस युनियनको महाधिवेशनको उदघाटन गर्दै सभापति देउवा । तस्वीर पुष्पराज थपलिया

विराटनगर / नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले सवै क्षेत्रमा हस्तक्षेप गरेको आरोप लागाएका छन् ।

आज विराटनगरमा नेपाल टेलीकम वर्कस युनियनको १० औ महाधिवेशनको उदघाटन गर्दै सभापति देउवाले ओली सरकारले न्यायलय,सञ्चार क्षेत्र सबैमा हस्तक्षेप गरेको आरोपे लगाएका हुन ।

यस्तो हस्तक्षेप कायम रहे त्यसको विरुद्धमा लड्न समेत सभापति देउवाले आवाहन गरे । ‘ट्रेड युनियन आन्दोलनमा जानु पर्ने अवस्था आउन सक्छ ।’ ‘त्यसकोलागी काग्रेसका शुभेक्षुक संस्थाहरु एक हुन जरुरी रहेका सभापति देउवाले बताए ।’मुलुकको कुना–कुनामा सञ्चार सेवा पु¥याउन फोर र फाइव जी सेवा विस्तारमा यूनियनले व्यवस्थापनलाई दबाब दिनुपर्ने वताउदै सभापति देउवाले सञ्चारको समुचित प्रयोगबाट जनताको आर्थिकस्तर वृद्धि हुने बताए ।

नेपाली कांग्रेसको विगतको सरकारले सञ्चार क्षेत्रको विकास गर्नुका साथै नेपाल टेलिकमलाई प्रविधियुक्त बनाएको सभापति देउवाले दाबी गरे । सभापति देउवाले वर्तमान सरकारले सञ्चारलगायत सबै क्षेत्रमा हस्तक्षेपकारी नीति अवलम्वन गरेको चर्चा गर्दै यस विरुद्ध सजग र सचेत भई आन्दोलनका लागि तयार रहन आग्रह गर्नुभयो ।

सभापति देउवाले काग्रेस सकारकोपालामा निजि क्षेत्रलाई मौका दिएकोले अहिले सञ्चार जगतको विकास भएको बताए । सञ्चार जगतमा ठूलो क्रान्ति भएको सभापति देउवाले बताए ।

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले नेपाली कांग्रेसको सरकारले ल्याएको नीतिवाट नै मुलुकको सञ्चार प्रविधिमा फडको मारेको वताउँदै ग्रामीण र दुरदराज क्षेत्रका जनताले सञ्चारसेवा उपभोग गरेको दावी गरे ।

उपसभापति गच्छदारले वर्तमान सरकारका कारण देशमा राजनीतिक संकट आउन लागेकोले त्यस्ता चुनौतीकोको सामना गरी लोकतन्त्र र जनता र मजदूरकोे हकहितको सरक्षणका लागि तयार रहन समेत सवैलाई आव्हान गरे ।
लोकतन्त्रकोलागी लडेको प्रेस, किसानको जमिन माथि कानुनी रुपमा बन्देज लागाउने प्रपञ्च भइरहेको आरोप समेत उपसभापति गच्छदारल लगाए । उनले जनता र ट्रेड युनियनहरुको विरोध गर्न पाउने अधिकार खोस्न सरकार उद्दत रहेको बताए ।

नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधी सदस्य डा. मिनेन्द्र रिजालले ठूला विदेशी सञ्चार प्रदायकका समूहसंग प्रतिस्पर्धाका लागि विशेष ध्यान आग्रह गर्दै आधुनिक प्रविधिको प्रयोगवाट जनतालाई गुणस्तरसेवा प्रदान गरी सूचना पहुँच ग्रामीण क्षेत्रमा पु¥याउनु कर्मचारीले ध्यान दिनु पर्ने आवश्यक्ता औल्याए ।

डा.रिजालले सञ्चालकको सानो गल्तिले पनि नेपाल टेलीकम रातारात धरासायी हुन सक्ने भन्दै सचेत गराए । उनले सर्वजनिक संस्थाको रुपमा राज्यलाई कर बुझाउने संस्थामा राजनैतिक पूर्वाग्रह राखेर काम नगर्न समेत आग्रह गरे । राज्यको तिब्र विकासकालागी सुचना प्रविधिको दुरदराजका गाउँको जनताको पौहुचमा पुग्नु पर्ने बताए । उनले प्रधानमन्त्री ओलीको जस्तो रेल र पानी जहाजको जस्तो हल्ला विकास सम्भव नभएको बताए ।

नेपाल टेलिकलका महाप्रवन्धक डिल्लीराम अधिकारीले संस्थाले तोकिएको समयमै फोर जी सेवासञ्चालन ल्याउने दावी गर्दै गुणस्तरीय सेवा प्रदान गर्नेु पहिलो दायित्व भएको वताए । टेलिकम यूनियनका केन्द्रीय अध्यक्ष राजेन्द्र दाहालको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, नेपाल ट्रेड यूनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्य, पूर्व अध्यक्ष खिलानाथ दाहाल, उपाध्यक्ष महेन्द्रप्रसाद यादव मोरङ सभापति डिकबहादुर लिम्बुलगायतले टेलिकम यूनियनले मजूदर र कर्मचारीहरुको हक हितको संरक्षण गरी जनतालाई दिनु पर्ने सेवा गुणस्तरीय प्रदान गरी निजी क्षेत्रसंग आधुनिक प्रविधिको प्रयोगवाट प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए ।

तीन दिनसम्म संचालन हुने अधिवेशनमा ७७ जिल्लाका ७ सय जनाको सहभागिता रहेको छ भने नयाँ नेतृत्व समेत चयन गरिने वताइएको छ ।

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५