पूर्वाञ्चल खबर
नेपाल सरकार ,मन्त्रिपरिषदको चैत्र ११ गतेको निर्णय अनुसार पराजुली परिषदको सदस्यमा नियुक्ती भएका हुन् । राष्ट्रिय योजना आयोगका सदस्य सचिव लक्ष्मण अर्यालद्धारा हस्ताक्षर भएको पत्र पराजुलीले आज बुझेका छन् । नेपाल राष्ट्रिय विकास परिषद नेपाल सरकारको विकास योजनाको लागि एउटा महत्वपूर्ण अंग हो ।
आगामीआर्थिक वर्ष २०७६/७७ देखि कार्यान्वयनमा ल्याउने गरी आयोगबाट तयार गरिएको पन्ध्रौं योजना २०७५/७६ देखि २०८०/८१ को राष्ट्रिय विकास परिषदमा छलफल गरी मार्ग तथा पृष्ठपोषण प्राप्त गर्न नेपाल सरकार, मन्त्री परिषदको निर्णयले पराजुलीलाई राष्ट्रिय विकास परिषद २०७५ को सदस्यमा नियुक्त गरिएको बताइएको छ ।