CLASSICTECH NET

अदालतको फैसला कार्यान्वयन नगरे पुनः अदालतको ढोका जाने मजदुरको चेतावनी

खबर पूर्वाञ्चल, १७ चैत्र २०७५, आईतवार २०:४४

विराटनगर / अदालत र सर्वोच्चले गरेको फैसला कार्यान्वयन नगरेमा पुनः अदालतको ढोका गुहार्न बाध्य हुने मजदुरहरुले चेतावनी दिएका छन् ।

आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै विराटनगर महानगरपालिका ११ मा रहेको रत्ना होटल प्रालिले काम गर्ने पूर्व मजदुरहरु केशवबहादुर बुढाथोकी, दुर्गा उप्रेती, पारस गुरुङ र विश्वबन्धु खड्कालाई पारिश्रमिक दिन गरेको सर्वोच्चको फैसला कार्यान्वयन नगरेमा पुनः अदालतको ढोका ढकढकल्याउन बाध्य हुने मजदुहरुले चेतावनी दिएका हुन् ।

होटलमा मजदुरहरुलाई २०६८ भदौ २३ मा गैरकानूनी रुपमा कामबाट हटाएको भन्दै पारिश्रमिक र क्षतिपूर्ति दाबी गर्दै चार जना मजदुरहरुले श्रम अदालतनमा मुद्दा दर्ता गराएका थिए ।
उक्त मुद्दा उपर श्रम अदालतले मजदुरको पक्षमा फैसला गरेको थियो । तर, होटल रत्नाका सञ्चालक रेवतबहादुर थापाले मुद्दा सर्वोच्चमा पुनरावेदन गरेका थिए । तर, सर्वोच्चले पनि मजदुरकै पक्षमा फैसला गरेको थियो ।

२०६९ साल असार २२ मा श्रम अदालतले गरेको फैसला सदर गर्दै सर्वोच्चले २०७५ साल असार २७ मा मजदुरलाई २०६८ साल भदौ २३ देखिको पारिश्रमिक र सुबिधा १५ दिनभित्र दिन होटल रत्नालाई आदेश गरेको थियो । तर, सर्वोच्चले गरेको फैसलालाई पनि अटेर गर्दै पाउनु पर्ने सेवा सुबिधा दिन अटेर गरेको स्वतन्त्र होटल मजदुर युनियन विराटनगरका अध्यक्ष अर्जुन राईले बताए । उनले फैसला अनुसारको पारिश्रमिक दिन होटलले आनाकानी गरेमा अदालतको मानहानी गरेको आरोपमा मजदुरहरु अदालत गुहार्न बाध्य हुनेछन् ।
अदालतले फैसला गरे अनुसार श्रम ऐन २०७४ अनुसार दिनु पर्ने सेवा सुबिधा दिन हामी होटललाई आग्रह गर्दछौँ यदि उनीहरुले नमाने पुनः अदालत जाने अध्यक्ष राईले बताए ।

उनीहरुको तत्कालिन खाईपाई आएको सेवा सुविधा सहित माघसम्मको ४ जना मजदुरको ७४ लाख पाउनु पर्ने माग राख्दै आएका छन् । यता होटल रत्नाका होटलका प्रवन्धक निर्देशक रेवतबहादुर थापाले यो विषयमा अदालतबाट स्टे अर्डर आईसकेको छ । राईले भने –‘यसको अरु विवाद बढाई राख्नु पर्ने छैन जे गर्छ अदालतको फैसालले नै गर्छ ।’ अदालतको आदेश अनुसार उनीहरुले पाउने २५ देखि ३० लाख मात्र पाउनु पर्ने हो । कानुनले तोके अनुसारको भुक्तानी दिन होटल तयार भए पनि श्रम तथा रोजगार कार्यालय विराटनगरले होटलको बैंक खाता रोक्का गर्ने, बिजुली कतौती गर्ने जस्ता धम्की दिएर दुख दिएको रत्ना होटलका सञ्चालक थापाको गुनासो रहेको छ ।

तपाईको प्रतिक्रिया

moder era School

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५