CLASSICTECH NET

स्कारपियो दुर्घटना हुँदा ७ जनाको मृत्यु २ घाईते

खबर पूर्वाञ्चल, १७ चैत्र २०७५, आईतवार २०:२२

ओखलडुङ्गा / ओखलढुङगा मानेभञ्ज्याङ गाउँपालिका–६ डडुवाखोलास्थित सिद्दिचरण राजमार्गमा स्कारपियो दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

आज दिउँसो सोलुबाट काठमाण्डौं जादै गरेको बा १६ च २२०७ नम्बरको स्कारपियो अचानक बाटोबाट अन्दाजी २ सय मिटर तल खस्दा स्कारपियोमा सवार ७ जनाको ज्यान गएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा ताप्लेजुङको फक्तालुङ गाउँपालिका ७ का ५५ वर्षीय मिङ्मा शेर्पा, सोही स्थानका ४५ वर्षीय साङ्गेल शेर्पा, काठमाडौं बौद्धका ३५ वर्षीय नुर्बु शेर्पा, ३० वर्षीय ङ्वाङ शेर्पा, ३२ वर्षीय नुमा शेर्पा र डोमा शेर्पाको घटनास्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।
जिप दुर्घटनामा गम्भिर घाईते भएका आठ वर्षीय बालक ओँकेला शेर्पा र गाडी चालक कृष्ण श्रेष्ठलाई थप उपचारका लागी काठमाडौस्थित ग्राण्डी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था समेत गम्भिर छ ।

ताप्लेजुङको फक्तालुङ गाउँपालिका –७ ओलाङचुङगोलाका ५५बर्षिय मिङ्मा शेर्पा, सोही स्थानका ४५बर्षिय साङगेल शेर्पा, काठमाण्डौं बौद्धका ५४ वर्षीय डुसांगे शेर्पा, काठमाण्डौ बौद्धका ३५बर्षिय नुर्बु शेर्पा, ३० वर्षिय ङवाङ शेर्पा, ३५ वर्षिय डोमा शेर्पा, ३२ वर्षिय नुमा शेर्पाको घटनास्थलमानै मृत्यू भएको थियो ।

घटनाबारे जानकारी पाउनासाथ घटनास्थलतर्फ खटिएको प्रहरी चौकी हर्कपुरको प्रहरी टोलिले गम्भिर घाईतेहरु सोही स्थानका कृष्ण श्रेष्ठ काठमाण्डौ बौद्धका मृतक डोमा शेर्पाका छोरा मिङमा शेर्पा र काठमाण्डौ नयाँ बस्तीका कुङसिङे शेर्पालाई उपचारको लागि तत्कालआस्था मेडिकल हल घुर्मि उदयपुरमा उपचार नभएपछि थप उपचारको लागि तीनै जनालाई सिम्रिक एयरको हेलिकप्टरबाट ग्रान्डी अस्पताल काठमाण्डौ लगिएकोमा उपचारको क्रममा साझँ साढे ४ बजेको समयमा कुङसिङे शेर्पाको मृत्यु भएको छ भने ६ वटै शवको कानुनि प्रक्रिया पुरा गरी पोष्टमार्टमको लागी जिल्ला अस्पताल रुम्जाटारमा पठाएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५