AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

समाजको वास्तविक हिरो मदन भण्डारी : प्रधानमन्त्री ओली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ चैत्र २०७५, आईतवार १९:४१
3
Shares
उर्लावारी/ नेपाली समाजको वास्तविक हिरो मदन भण्डारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

मोरङको उर्लाबारी नगरपालिका–३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जननेता भण्डारीको विचारअनुसारै अहिलेको शासन प्रणाली स्थापित भएको उल्लेख गरेका हुन् ।

कोही मानिसले नबुझेर र स्वार्थका कारण विरोध गरे पनि जननेता भण्डारीको विचारअनुसारै अब देशको सुशासन र विकास हुने ओलीले बताए । प्रतिष्ठानको विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय तह तीन वटै सरकार एक भएर लाग्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले सो संस्थामा अध्ययन गर्ने भाइबहिनी इञ्जिनीयर र प्राविधिक भएर निस्कने भएकाले नै संस्थाको विकास नै समाजको विकास हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर