CLASSICTECH NET

लगानी सम्मेलनबाट सरकार निकै उत्साहित – प्रधानमन्त्री ओली

खबर पूर्वाञ्चल, १७ चैत्र २०७५, आईतवार १५:१७

विराटनगर । शनिबार काठमाण्डौंमा सम्पन्न लगानी सम्मेलनबाट सरकार निकै उत्साहित भएको प्रधानमन्त्री केपी शर्मा ओलीले वताएका छन् ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले केही दिनका लागि लगानी कर्ताका लागि विभिन्न आयोजना छनोटका लागि समय दिइएको समेत बताए । लगानी सम्मेलनमा एशियाली विकास बैँक, विश्व बैँकदेखि संसारका विभिन्न देशका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिताले पनि नेपालमा लगानी भित्रिने कुरामा आप्m विश्वस्त रहेको प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्षलाई आफूहरूले आधार वर्षको रूपमा लिएको र यस वर्षमा पनि आठ प्रतिशतको आर्थिक वृद्धिदर हुने अपेक्षा गरिएको प्रधानमन्त्री ओलीकोे भनाइ थियो । प्रधानमन्त्री ओलीले आधार वर्षमा संरचना र कानून निर्माणमा समय खर्च गर्दापनि नेपालमा आर्थिक वृद्धिदर आठ प्रतिशत हुनु निकै उपलब्धि भएको बताउँदै उनले तीव्र गतिमा हुने विकास निर्माणको कामलाई अगाडि बढाउन लगानी सम्मेलन ऐतिहासिक सफल भएको पनि बताए ।

प्रधानमन्त्री ओलीले विप्लव समूह भनेर कुनै पार्टी नै छैन भन्दै राजनीतिक पार्टीको रुपमा दर्ता नभएका समूहलाई राजनीतिक पार्टी भन्न नमिल्ने भन्दै सो समूहले गरिरहेका अराजक गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको वताए ।

अदालत र सरकार अलग–अलग विषय भएकाले सञ्चारकर्मीहरुले सोही अनुसार बुझ्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सञ्चारकर्मीहरुले सरकार र अदालतबीच झगडा लगाउने समाचार सम्प्रेषण गर्न नहुने बताए ।

संघीय सरकार र प्रदेश सरकारबीचको सम्बन्ध बिगार्ने काम सञ्चारकर्मीहरुबाट हुनु हुँदैन भन्दै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसलाई औचित्यका आधारमा जिम्मेवारी दिने तर भागबण्डाका पक्षमा सरकार नरहेको प्रष्ट पार्नु भयो । उहाँले अन्तर विरोध र द्वन्द्व बढाउने किसिमको समाचार सम्प्रेषण गर्नु राम्रो होइन भन्दै प्रधानमन्त्री ओलीले सञ्चारकर्मीहरु सकारात्मक हुनुपर्ने बताए

सरकारले निर्वाचन आयोगका प्रमु्ख आयुक्तमा सिफारिस गरिएका दिनेश थपलिया पनि आफनो पार्टीको नभएको बताए । प्रतिपक्षी दलका नेतासँग पनि छलफल गरेरै नियुक्ति गरेको प्रधानमन्त्रीको भनाइ थियो । उनले विभिन्न नियुक्ति प्रक्रियामा कांग्रेसले भागबण्डा मागेको बताउँदै आफू त्यसको विपक्षमा रहेको पनि प्रधानमन्त्रीले प्रष्ट समेत पारेका थिए ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५